नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटमा अनिलकुमार निधिको अध्यक्षतामा जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ। संगठनको १३ औं जिल्ला सम्मेलनले शनिबार सर्वसम्मत नेतृत्व चयन गरेको हो।
मधेस प्रदेशको सबैभन्दा बढी जनसंख्या हुने जिल्लामा पर्ने सर्लाहीमा स्थानीय तहको चुनावको लागि चार लाख ७४ हजार मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।