वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावको लागि सर्लाहीमा करिब पौने पाँच लाख मतदाता पुगेका छन्। मधेस प्रदेशको सबैभन्दा बढी जनसंख्या हुने जिल्लामा पर्ने सर्लाहीमा स्थानीय तहको चुनावको लागि चार लाख ७४ हजार मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।
२०७४ को निर्वाचनको तुलनामा २०७९ मा हुन गइरहेको निर्वाचनको लागि एक लाख सात हजार ८३४ मतदाता थपिएका छन्। सर्लाहीमा गत निर्वाचनमा तिन लाख ६६ हजार ६०५ मतदाता रहेकामा अहिले चार लाख ७४ हजार मतदाताको अन्तिम नामावली कायम भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी गराएका छन्।
सर्लाहीमा दुई लाख ५७ हजार १३८ पुरुष तथा दुई लाख १७ हजार २९२ महिला र ९ जना तेस्रो लिंगी मतदाता रहेको देखिएको छ। पुरुषको तुलनामा सर्लाहीमा महिला मतदाता कम रहेको छ।
सर्लाहीमा मतदाता बढेसँगै निर्वाचन केन्द्र पनि बढेको छ। वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि सर्लाहीमा ३१८ मतदान स्थल र ५९९ मतदान केन्द्र कायम भएको छ। गत स्थानीय तहको निर्वाचनमा ३१८ मतदान स्थलमा ५९९ मतदान केन्द्र कायम भएको छ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार सर्लाहीमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा र अन्य २९ वटा दल गरी ३५ वटा दलले स्थानीय तहको चुनावमा भाग लिने छन्। स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा सर्लाहीमा चुनावको माहोल बन्दै गएको छ।