मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
८ घण्टा अघि
•
६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बिहीबार पक्राउ परेसँगै यो प्रकरणमा समातिनेको संख्या ११ पुगेको छ।




तर, पूर्वमुख्य सचिव अर्याल र दुई पूर्वश्रममन्त्री पक्राउ परिसक्दा पनि यही अवधिमा श्रम मन्त्रालयको नेतृत्व सम्हालेका अर्का दुई पूर्वमन्त्री र दुई पूर्वसचिव भने अझै अनुसन्धानको दायराबाहिरै छन्।

२०७६ फागुन १५ देखि २०८० माघसम्म १७ पटक विदेशी मुद्रा मलेसिया पठाइँदा मन्त्रालयको कमान सम्हालेका पूर्वमन्त्रीद्वय डोलप्रसाद (डीपी) अर्याल र शरदसिंह भण्डारीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अहिलेसम्म औपचारिक छानबिन थालेको छैन।

यसअघि पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, शेरबहादुर कुँवर र तत्कालीन श्रम सचिव विनोद केसी पक्राउ परिसकेका छन्।

तर, रकम बाहिरिएको यही कालखण्डमा श्रम सचिवको जिम्मेवारीमा रहेका तोयम राय र केवलप्रसाद भण्डारीबारे पनि अनुसन्धान निकाय मौन देखिन्छ। अब पूर्वमुख्य सचिव अर्यालसँग लिइने बयानले नै अनुसन्धानबाहिर रहेका पूर्वमन्त्री र पूर्वसचिवहरूको भूमिका खोल्ने सीआईबीका अधिकारीहरूको भनाइ छ।

नेपाल सरकार र मलेसिया सरकारबीच २०७५ सालमा भएको श्रम सम्झौतामा श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क उठाउने कुनै व्यवस्था थिएन।

तर, उक्त सम्झौताविपरीत मलेसिया जाने प्रत्येक नेपाली कामदारसँग एक सय रिंगिट अवैध रूपमा असुल गरिएको पाइएपछि सीआईबीले तीन महिनादेखि यो प्रकरणको गहिरो अनुसन्धान गरिरहेको छ।

अनुसन्धानबाट खुलेअनुसार मलेसियाको शाखा कार्यालय भन्दै नेपालमा स्थापना गरिएको माइक्रो टेक कम्पनीले श्रमिकसँग अवैध रूपमा उठाएको पैसा विदेशी मुद्रामा सटही गरी मलेसियास्थित बेस्टिनेट कम्पनीको खातामा पठाएको थियो।

२०७६ फागुन १५ देखि २०८० माघसम्मको चार वर्षे अवधिमा माइक्रो टेकको खाताबाट बेस्टिनेटको खातामा ८२ लाख ५१ हजार २६२ अमेरिकी डलर र ३७ लाख १७ हजार २४४ पाउन्ड स्टर्लिङ पुगेको देखिएको छ।

बैंकिङ प्रणालीबाटै १७ पटकमा एक अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाइएको सीआईबीको रेकर्डमा भेटिएको छ। यद्यपि, स्वास्थ्य परीक्षणका नाममा श्रमिकबाट असुल गरिएको कुल रकम भने झन्डै दुई अर्ब १७ करोड रुपैयाँ पुग्ने अनुसन्धान स्रोतको दाबी छ।

यो प्रकरणमा श्रम मन्त्रालयको निर्णय प्रक्रिया झन् शंकास्पद देखिएको छ। १७ पटकसम्म लाखौं अमेरिकी डलर र पाउन्ड विदेश पठाउँदा मन्त्रालयले औपचारिक बैठक बसेर जम्मा चारपटकका लागि मात्रै नेपाल राष्ट्र बैंकमा सटही सिफारिस गरेको खुलेको छ।

बाँकी १३ पटक भने औपचारिक बैठक नै नबसी ‘पुरानै निर्णयबमोजिम’ भन्दै मन्त्रालयबाट पत्र मात्रै थमाएर विदेशी मुद्रा सटहीको बाटो खोलिदिएको अनुसन्धानमा देखिएको छ।

१७ पटक विदेश रकम जाँदाको मिति र त्यसबेला मन्त्रालयको नेतृत्वमा रहेका व्यक्तिहरूको विवरण हेर्दा अहिले भइरहेको अनुसन्धान आधा बाटोमै रोकिएको देखिन्छ।

२०७९ माघ ५ गते ९ लाख २५७ अमेरिकी डलर सटहीको अनुमति दिँदा डोलप्रसाद (डीपी) अर्याल श्रममन्त्री र एकनारायण अर्याल श्रम सचिव थिए। सोही निर्णय प्रक्रियामा जोडिएका सचिव अर्याल पक्राउ परिसक्दा तत्कालीन मन्त्री डीपी अर्यालमाथि भने अनुसन्धान अघि बढेको छैन।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार हिरासतमा रहेका पूर्वमुख्य सचिव अर्यालको बयानबाट तत्कालीन मन्त्री डीपी अर्यालको भूमिका के थियो भन्ने खुल्ने अपेक्षा गरिएको छ।

यस्तै, सबैभन्दा धेरैपटक विदेशी मुद्रा बाहिरिएको अर्को कार्यकाल पूर्वमन्त्री शरदसिंह भण्डारीको हो। २०७९ चैत १७ गते श्रममन्त्रीमा नियुक्त भएपछि भण्डारीको कार्यकालमा मात्रै ६ पटक श्रमिकसँग उठाएको रकम अमेरिकी डलरमा मलेसिया पुगेको देखिन्छ।

सीआईबीको विवरणअनुसार भण्डारी मन्त्री छँदा २०८० वैशाख ११ गते १६ लाख ९९२ अमेरिकी डलर, २०८० जेठ २३ गते ६ लाख ५४ हजार ३९० अमेरिकी डलर र २०८० असार ८ गते ३६ हजार ५९९ अमेरिकी डलर मलेसिया पठाइएको थियो।

त्यसपछि २०८० साउन २ गते सात लाख ८ हजार अमेरिकी डलर, २०८० कात्तिक ६ गते पाँच लाख ५२ हजार अमेरिकी डलर र २०८० माघ ८ गते चार लाख ८४ हजार ५४४ अमेरिकी डलर बेस्टिनेटको खातामा गएको देखिएको छ।

आफ्नै कार्यकालमा लगातार ६ पटक ठूलो परिमाणमा डलर बाहिरिँदा पनि पूर्वमन्त्री भण्डारी अनुसन्धानको घेरामा परेका छैनन्। भण्डारीको संलग्नताबारे समेत पूर्वमुख्य सचिव अर्यालकै बयानले बाटो खोल्न सक्ने सीआईबीका अधिकारीहरू बताउँछन्।

तत्कालीन प्रधानमन्त्रीले मन्त्रालय सम्हाल्दा पनि गएको थियो रकम

अनुसन्धान विवरणले देखाएअनुसार यो अवैध सटही प्रक्रिया तत्कालीन श्रममन्त्रीहरूको कार्यकालमा मात्र होइन, प्रधानमन्त्री आफैँले श्रम मन्त्रालय सम्हालेका बेला पनि रोकिएको थिएन।

२०७९ असार १३ देखि पुस ११ गतेसम्म शेरबहादुर कुँवर श्रममन्त्री रहँदा दुई पटक गरेर पाउन्ड स्टर्लिङमा ठूलो रकम मलेसिया पुगेको थियो।

त्यस अवधिमा माइक्रो टेक कम्पनीले श्रमिकसँग उठाएको २५ लाख ३० हजार २९८ पाउन्ड बेस्टिनेटको नाममा पठाउने अनुमति पाएको थियो। त्यतिबेला पनि श्रम सचिव एकनारायण अर्याल नै थिए। कुँवर अहिले सीआईबीको हिरासतमा छन्।

२०७९ पुस ११ गते १७ लाख ४९ हजार ३०९ पाउन्ड मलेसिया पठाउँदा श्रम सचिव अर्याल नै थिए भने मन्त्रालयको नेतृत्व तत्कालीन प्रधानमन्त्रीले नै सम्हालेका थिए।

त्यसको केही समयपछि डीपी अर्यालले श्रममन्त्रीबाट राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

त्यही अवधिमा २०७९ फागुन १५ गते सचिव एकनारायण अर्यालकै निर्णयबाट १७ लाख १ हजार ५८२ अमेरिकी डलर मलेसियाको बेस्टिनेट कम्पनीको खातामा पुगेको रेकर्डमा देखिन्छ।

यही चार वर्षे अवधिमा रामेश्वर राय यादव, शेरबहादुर कुँवर, डीपी अर्याल र शरदसिंह भण्डारीले श्रम मन्त्रालयको नेतृत्व गरे। सचिवका रूपमा पक्राउ परिसकेका एकनारायण अर्याल र विनोद केसीसँगै तोयम राय र केवलप्रसाद भण्डारी पनि यही अवधिमा कार्यरत थिए।

अहिले यादव, कुँवर, केसी र एकनारायण अर्याल कानुनी दायरामा आइसके पनि बाँकी दुई पूर्वमन्त्री र दुई पूर्वसचिवमाथि अनुसन्धान अघि बढ्छ कि बढ्दैन भन्ने चासो बढेको छ।

बिहीबार पक्राउ परेका पूर्वमुख्य सचिव अर्याललाई यसअघि पक्राउ परेका अन्य आरोपितसरह नै सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीले अदालतबाट शुक्रबार चार दिन हिरासतमा राख्न अनुमति पाएको छ।

सीआईबीका अनुसार अर्यालले नेपाली श्रमिकसँग अवैध रूपमा उठाइएको रकम विदेश पठाउने प्रक्रिया रोक्नुपर्नेमा उल्टै नरोकेको देखिएको छ।

अनुसन्धानका क्रममा यसअघि नै पक्राउ परेर हिरासतमा रहेका कैलाश खड्कासँग पूर्वमुख्य सचिव अर्यालको नियमित सम्पर्क र सम्बन्धसमेत फेला परेको छ।

ठूलो परिमाणमा विदेशी मुद्रा पठाउन सिफारिस गर्दा त्यसको स्रोत र वैधानिकतासम्म नजाँचिनुले अर्यालको भूमिकालाई शंकास्पद बनाएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।

‘लाखौँ डलर विदेश पठाउन अनुमति माग्दा के उद्देश्यले संकलन गरेको भन्नेसम्म नहेरिएकाले अर्यालको भूमिका शंकास्पद देखिएको हो,’ सीआईबीका एक अनुसन्धान अधिकृतले भने, ‘उनको बयानबाट अन्य व्यक्तिको संलग्नताबारे खुले उनीहरू पनि कारबाहीको दायरामा आउँछन्।’

यो प्रकरण नेपालको प्रशासनिक र राजनीतिक वृत्तमा मात्र सीमित छैन। सीआईबीको अनुसन्धानमा काठमाडौंस्थित मलेसियाली राजदूतावासका कर्मचारीहरूको भूमिका समेत शंकास्पद देखिएको छ।

नेपाल र मलेसियाबीचको सरकारी सम्झौतामा हुँदै नभएको एक सय रिंगिट शुल्क श्रमिकसँग अवैध रूपमा असुल भइरहँदा नेपालस्थित मलेसियाली राजदूतावासले त्यसलाई समर्थन गरेको भेटिएको छ।

त्यति मात्र होइन, अवैध रूपमा संकलन गरिएको उक्त रकम विदेशी मुद्रामा सटही गरिदिन दूतावासले नै नेपाल राष्ट्र बैंकमा पत्राचारसमेत गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
मोटरसाइकल दुर्घटनामा एकको मृ*त्यु
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा एकको मृ*त्यु
धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस