अपहरणकारीलाई १५ लाख तिर्न विदेशबाट फर्के पनि बुबाले पाएनन् छोरा
२५ चैत्र २०७८
•
३ मिनेट पाठ
अपहरणकारीलाई १५ लाख तिर्न विदेशबाट फर्के पनि बुबाले पाएनन् छोरा
सर्लाहीको मलंगवामा गत आइतबार अपहरित बालकका पिताले अपहरणकारीको माग बमोजिम पैसा तिर्न विदेशबाट फर्केर आउँदा पनि आफ्नो बालक छोरालाई नपाएको देखिएको छ। मलंगवा नगरपालिका १२ गम्हरिया गाउँका दीपेन्द्र ठाकुरले विदेशमा नै आफ्नो छोरा अपहरणमा परेको र १५ लाख रुपैयाँ फिरौती माग गरिएकोमा पैसाको व्यवस्था गरेर फिरौती दिन खोज्दा पनि छोरा नपाएको देखिएको छ।




गत आइतबार साँझ ठाकुरका १० वर्षका छोरा आकाश ठाकुर घरबाट हराएका थिए। घरबाट हराएको र सोही दिन नै ठाकुरले छोरोको अपहरण भएको तथा अपहरणकारीले १५ लाख रुपैया फिरौती मागेको थाहा पाएका थिए।

छोरो अपहरणमा परेको खबर थाहा पाउनासाथै चिन्तित बनेका ठाकुर महँगोमा टिकट किनेर पैसाको व्यवस्था गरी सोमबार साँझ उडेका थिए। मंगलबार साँझ घर आइपुगेका ठाकुर अपहरणकारीलाई पैसा दिने सूत्रको खोजी पनि गरेका थिए। साथै बुधबार बिहान प्रहरीलाई भेटेर बालक छोराको खोजीका लागि थप आग्रह गरेका थिए।

बुधबार साँझ मलंगवामा गोली चल्यो। गोली लागेर एक भारतीय नागरिकको मृत्यु भयो। बालक अपहरणको अनुसन्धान गरिरहेको प्रहरी बालकको अपहरण गर्ने मानिसलाई करिब पत्ता लगाइसकेका थिए। अपहरण गर्ने मानिसलाई पक्राउ गर्न तयार भएको अवस्थामा गोलीकान्डमा प्रहरी परिचालित हुनु परेपछि केही घन्टा विलम्ब हुन पुग्यो।  

अपहरित बालकका पिता दीपेन्द्र ठाकुरलाई पठाइएको म्यासेजको हिस्ट्री खोज्दै र खोतल्दै जाँदा बालकको अपहरणकारीको पहिचान करिब खुलिसकेको थियो। नक्कली फेसबुक आइडी बनाएर अपहरण भएको र फिरौतीको लागि १५ लाख रुपैयाँ माग गरिएको थियो।  

भारतीय नागरिकलाई गोली मारी हत्या गरिएको घटनालाई राति करिब एघार बजेसम्म तत्कालको लागि गर्नुपर्ने काम गरेर प्रहरी राति नै बालकको अपहरण गर्ने मानिसलाई पक्राउ गर्न परिचालित भयो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलको निर्देशनमा प्रहरी निरीक्षक जटाशंकर राय यादवको कमान्डमा प्रहरीको टोली परिचालित भई प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकाको घेरामा परेका कृष्ण शर्मालाई नियन्त्रणमा लियो।

कृष्ण शर्मा अपहरित बालकका काका हुन्। कुनै दुश्मनी नरहे पनि पुरानो कलधाराको विषयलाई लिएर सामान्य विवाद भने भएको थियो। सोही विवादलाई लिएर अपहरण र हत्या आफन्तले नै गरेको अनुसन्धानबाट देखिएको छ।  

प्रहरीले शर्मालाई नियन्त्रणमा लिएपछि घटनाबारे पूरा जानकारी प्राप्त भयो। बालक अपहरणमा भएको दिन आइतवार राति दश बजेतिर आँधी हुरी र पानी आउने सम्भावना थियो। बालकलाई अपहरण गरेको केही घन्टामा सोही दिन नै हत्या गरी कृष्ण शर्माका दाजु कमलेश ठाकुरले गरेको बुझिएको छ। हत्या गरेर ठाकुर सोही दिन राति नै फरार भएका थिए।

कमलेश ठाकुरले बालकको हत्या गरी फरार भएपछि आफू, आफ्नी श्रीमती र घरका अन्य सदस्यहरु मिलेर बालकको शवलाई प्लास्टिकको बोरामा हालेर सेफ्टी ट्यांकीमा हालेको शर्माले प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेका एकै परिवारका ६० वर्षीय जगदीश ठाकुर, कृष्ण ठाकुर, कृष्ण ठाकुरकी श्रीमती निरुता शर्मा, कमलेश ठाकुर र निजकी श्रीमती संगीता शर्मा, सुनील ठाकुर, नेवा ठाकुर र राजेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

बुधबार रातिदेखि विहीवार बिहानसम्म हत्यामा संलग्नको पहिचान र घरमा रहेका सबैलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि बालकका पिता छाँगोबाट खसेजस्तै भए। विदेशबाट फर्केर अपहरणमा परेको छोरालाई ल्याउँला भन्ने आशामा रहेका ठाकुरले आफन्तकै सेफ्टी ट्यांकीबाट छोराको शव प्रहरीले बरामद गरेपछि ठाकुरको मनस्थिति नै बदलिएको छ। ठाकुर एकोहोरो टोलाको टोलायै छन्।

ठाकुरकी श्रीमती महासुन्दर देवी अझै पनि बेहोस नै छिन्। बुधबार रातिदेखि नै अस्पतालमा देवीको उपचार भइरहेको छ। छिमेकी देवकली सिंह भन्छिन्, 'छिमेकीको विश्वासमा कसरी छोराछोरीलाई छोड्ने? मधेस प्रदेशमा बालबालिका पुरै असुरक्षित छन्।'  

आफूसित कसैको कुनै दुश्मनी नभएको तर आफ्नो छोराले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै विलाप गरिरहेका छन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१९ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस