रौतहटको गरुडा नगरपालिका ४ मा रहेको वंशीराम जयसवाल अनाथालय भवनको शनिबार उद्घाटन गरिएको छ। रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद देवप्रसाद तिमल्सिना र गरुडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन्।
२६ वर्ष पहिले २०५२ सालमा स्थापित वंशीराम जयसवाल अनाथालयलाई कुनै जनप्रतिनिधिले सहयोग नगरेको देख्दा आफू अवलोकनमा आउँदा हृदय नै पग्लिएको बताउँदै संसदीय विकास कोषको रकमबाट अनाथ बालबालिकाको लागि व्यवस्थित बसोबासको व्यवस्थामा आफू लागि परेको बताएका छन्।
नवनिर्मित पक्की भवनको लागि सांसद तिमल्सिनाले २६ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएका छन्। गरुडा नगरपालिकाले १५ लाख रुपैया उपलब्ध गराएको छ। सांसद तिमल्सिनाले आगामी आर्थिक वर्षमा अनाथालयलाई व्यवस्थित बनाउनको लागि कम्तीमा ५० लाख रुपैयाँ अझ उपलब्ध गराउने वातावरण बनाउन लागेको बताएका छन्।
अनाथालयमा बसेर पढेका बालबालिकाहरुले देश तथा विदेशमा नाम र सम्मान कमाइरहेकोले अनाथालयले ठूलो सेवा गरेको सांसद तिमल्सिनाले बताएका छन्। अनाथालयका संस्थापक वंशीराम जयसवालको पनि सांसद तिमल्सिनाले धेरै प्रशंसा गरेका छन्।
गरुडा नगरपालिकाका प्रमुख इन्नु राय यादवले अनाथ बालबालिकाको बसोबासमा नगरपालिकाले सहयोग गरेको र अनाथालयमा स्थापना भइरहेको अक्षयकोषमा पनि नगरपालिकाले रकम उपलब्ध गराएको जानकारी गराएका छन्।
अनाथालयको वार्षिकोत्सवको अवसरमा २४ कुण्डीय गायत्री महायज्ञको आयोजन पनि गरिएको छ। चैते दशैको अवसर र वार्षिकोत्सवको अवसरमा आयोजित महायज्ञको कलश यात्रामा हजारौँ सहभागी भएका छन्।
अनाथालयका संस्थापक अध्यक्ष वंशीराम जयसवालले अनाथालयप्रति सहानुभूति राखेर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। अनाथालयका संचालक हृदयनाराय कश्यपले सहयोगी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि अनाथ बालबालिकाप्रति सहानुभूति राख्न आग्रह गरेका छन्।