सर्लाहीमा एक बालकको अपहरणपछि हत्या भएको छ। गत चैत २० गतेदेखि घरबाट हराइरहेका बालकको शव छिमेकीको सेफ्टी ट्याङ्किमा फेला परेको प्रहरीले जनाएको छ।
मलङ्गवा नगरपालिका १२ गम्हरियाका टोलका १० वर्षीय बालक आकाश ठाकुरको शव छिमेकी जगदिश ठाकुरको सेफ्टी ट्याङ्किभित्र फेला परेको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रबिण पोखरेलले जानकारी दिएका छन्।
गत चैत २० गते बेलुकी गाउँमै आयोजना गरिएको सामूहिक भोज खान गएको र राती अबेरसम्म आकाश घर नफर्किएपछि परिवारजनले उनको खोजीका लागि प्रहरीलाई खबर गरेका थिए।
लामो समयदेखि हराएका बालकको खोजबिन गर्दै जाँदा छिमेकीको सेफ्टी ट्याङ्किमा हत्या गरी बोरामा हालेर फालेको अवस्थामा प्रहरीले बालकको शव फेला पारेको प्रहरिले जनाएको छ।
बालक बेपता भएकै दिन प्रहरी प्रमुख एसपी पोखरेल सर्लाही जिल्लाको कमान्ड सम्हालेका थिए। बालकको अपहरणपछि हत्या गरेको घटनामा संलग्न सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।