आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत भएको खेलमा स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछयाएको नेपालका लागि राेहित पाैडेलले अर्धशतक पूरा गरेका छन्।
मंगलबार जारी त्रिवि क्रिकेट मैदानमा नेपालका लागि राेहितले ५५ बलमा ४ चौका र २ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन्। लिग टुमा यो कुशलको पाँचाै एकदिवसीय अर्धशतक हो। नेपालका लागि ७ सय २२ रन बनाएकाे छ। लिग टुमा नेपालका लागि सवार्धक रन बनाउने पहिलाे खेलाडी समेत हुन्।
क्रिजमा अहिले राेहित पाैडेल र सन्दीप लामिछाने रहेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १० विकेट गुमाएर २ सय १२ रन बनाएको हो।
नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चिएर सर्वाधिक चार विकेट लिएका थिए। यस श्रृखलमा नेपालले यस अघिका लगातार तीन खेल जितीसकेको छ। नेपालले नामिबियालाई दुई पटक र स्कटल्याण्डलाई एक चोटी जितेको छ।