सुर्खेत। विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
बागमती प्रदेशलाई ४१ रनले हराउँदै पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३६ रन बनायो।
पुलिसका लागि रोमा थापाले महत्त्वपूर्ण ७१ रनको नकआउट पारी खेलिन्। ६२ बलको सामना गरेकी उनले १० चौका प्रहार गरिन्।
यस्तै राजमती ऐरीले ४६ रन बनाइन्। ३९ बलको सामना गरेकी उनले छ चौका प्रहार गरिन्। यस्तै रेवती धामीले १२ रन बनाउँदा कप्तान सीता रानामगरले चार रन बनाइन्।
बलिङतर्फ बागमतीका अस्मिना कर्माचार्यले दुई तथा पूजा साउँद र संस्कृति फुयाँलले एक–एक विकेट लिए।
१३७ रनको लक्ष्य पछ्याएको बागमती आठ विकेटको क्षतिमा ९५ रनमा समेटियो। बागमतीका लागि ओपनर हेलिशा गुरुङले ४१ रन बनाइन्। ४३ बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन्।
यस्तै, लक्ष्मीमाया रुम्बा लामाले १८ रन बनाउँदा एलि यादवले १०, सेविका यादवले पाँच रन बनाइन्।
बलिङतर्फ आर्मीकी सिताकुमारी राना र अरुणा भण्डारीले दुई–दुई विकेट हात पार्दा रानमती ऐरी र सुमन विष्टको खातामा एक–एक विकेट रह्यो।
७१ रनको नकआउट पारी खेलेकी आर्मीकी रोमा थापा प्लेयर अफ द म्याच भइन्।