काठमाडौंको ठमेलबाट तीन किलो कोकिनसहित ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले शुक्रबार ठमेलस्थित जीपी रोडको एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दक्षिण कोरियाली नागरिक ८७ वर्षीय सुक चोन ली र भारतीय नागरिक २८ वर्षीय दीपक उत्तम वाघमारे रहेका छन्।
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएका भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दक्षिण कोरियाली नागरिकले पेरुबाट काठमाडौंसम्म कोकिन ल्याएका थिए भने भारतीय नागरिकले काठमाडौं हुँदै मुम्बई पुर्याउने योजना बनाएका थिए।
दक्षिण कोरियाली नागरिक पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै सन् २०२६ नोभेम्बर २६ मा नेपाल आएको प्रहरीले जानकारी दिएको छ। उनी यसअघि पनि सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलको होटलमा तीन दिन बसेपछि कोरिया फर्किएको खुलेको छ।
पक्राउ परेका भारतीय नागरिकको साथबाट मुम्बईस्थित स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले कोकिन लुकाइएको सुटकेस दिने र लिने क्रममा पासवर्ड प्रयोग गरेको पाइएको छ।
बरामद कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले १५ करोड रुपैयाँ हुन्छ।
उनीहरूका साथबाट कोकिनबाहेक एक थान पासपोर्ट, एक थान आधार कार्ड र दुई थान मोबाइलसमेत बरामद गरिएको छ।
पक्राउ परेका दुवै विदेशी नागरिकमाथि लागूऔषध नियन्त्रण ब्यूरोले थप अनुसन्धान गरिरहेको जनाएको छ।