जुम्ला। राराको नीलो पानी, चारैतिर फैलिएको हरियाली र मनमोहक प्राकृतिक दृश्य। यही सुन्दर परिवेशमा आइतबार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च प्रदर्शन गरियो।
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेको हो।
‘स्वर्गकी अप्सरा’का रूपमा परिचित रारा तालमा राष्ट्रिय खेलकुदको प्रतीक पुर्याएर आयोजकले खेलकुदको उत्सवलाई कर्णालीको प्राकृतिक पहिचानसँग जोड्ने प्रयास गरेको छ।
नेपालकै ठूलो तालका रूपमा परिचित रारा समुद्री सतहबाट करिब दुई हजार नौ सय ९० मिटर उचाइमा अवस्थित छ। नीलो पानी, वरिपरिका जंगल र प्राकृतिक सुन्दरताले रारालाई कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा शुक्रबार दैलेखको श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी टुर सुरु गरिएको थियो।
कर्णाली खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले प्राकृतिक ज्वालाबाट प्रज्वलित टर्च म्याराथन धावक हरिबहादुर रोकायालाई हस्तान्तरण गरेका थिए।
रोकायाले टर्च ग्रहण गरेसँगै दैलेखबाट ट्रफी तथा टर्चको यात्रा औपचारिक रूपमा अघि बढेको थियो। रोकायाको नेतृत्वमा रहेको टोली कालीकोट र जुम्ला हुँदै रारा ताल पुगेको हो।
टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।
यसअघि शनिबार टोलीले जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा ट्रफी तथा टर्च पुर्याएको थियो। टोलीलाई बाजागाजासहित स्वागत गरिएको थियो।
जुम्ला बजार परिक्रमा गरेको टोलीले पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल सञ्चालन हुने २४ नम्बर बाहिनी अड्डाको स्वामित्वमा रहेको परिमला खेलमैदानसमेत अवलोकन गरेको थियो।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता १६ देखि २७ मंसिरसम्म कर्णाली प्रदेशमा आयोजना हुँदै छ। प्रतियोगिताका १० खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित प्रदेश रंगशालामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम छ।
कर्णालीका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यमा ट्रफी र टर्च पुर्याउने अभियानले राष्ट्रिय खेलकुदको प्रचारसँगै प्रदेशको प्राकृतिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई देशव्यापी रूपमा चिनाउने अपेक्षा गरिएको छ।