काठमाडौं। इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको र सयौँ जना विरामी परेको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयको जनसम्पर्क प्रमुख होसेन केरमानपोरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शनिबार पोस्ट गरेको जानकारीमा यस अवधिमा देशभरका स्वास्थ्य केन्द्रहरूमा विषालुपनका लक्षणसहित ८६५ जना (७४६ पुरुष र ११९ महिला) उपचारका लागि आएको बताए।
उनले दक्षिणी होर्मोजगान प्रदेशमा सबैभन्दा बढी १० जनाको मृत्यु भएको जनाए।
त्यसपछि उत्तरपूर्वी खोरासान रजावी प्रदेशको नेइशाबुर काउन्टीमा छ जना र दक्षिणी फार्स प्रदेशको शिराजमा पाँच जनाको मृत्यु भएको छ।
केरमानपोरका अनुसार हाल १६० जना अस्पतालमा भर्ना छन्, जसमध्ये २४ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार गरिएको छ।
आठ जनामा मदीराका कारण मस्तिष्कघातको सङ्केत भेटिएको थियो। इरानमा मादक पेय पदार्थ उत्पादन, बिक्री र सेवन अवैध मानिन्छ।सिन्ह्वा