काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पादनको काम अघि बढाउन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दैलेख पुगेका बेला रिजालले जलजलेको ग्यास उत्खनन कार्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत लामिछानेलाई सम्बोधन गर्दै जलजलेमा ग्यास उत्खननको काम अहिले ठप्प रहेको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उक्त परियोजनाले ऐतिहासिक फड्को मारे पनि अहिले काम अघि बढ्न नसकेको उनको भनाइ छ।
रिजालले छिमेकी मित्रराष्ट्र चीनले प्रारम्भिक अध्ययन गरी जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको प्रतिवेदन तयार गरेको पनि जिकिर गरे।
'केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला त्यस कामले ऐतिहासिक फड्को मारेको काम अहिले अघि बढेको छैन,' उनले भनेका छन्, 'छिमेकी मित्रराष्ट्र चीनले प्रारम्भिक अध्ययन गरेर ११२ अर्ब घनमिटर मिथेन ग्यास भएको प्रतिवेदन तयार गरेको छ।'
प्रधानमन्त्री बालेन्द्र शाह चीन भ्रमणमा जाने चर्चा भइरहेका बेला उनले लामिछानेलाई उक्त भ्रमणको पहिलो प्राथमिकतामा जलजलेको ग्यास उत्पादनको विषय राख्न आग्रह गरेका छन्।
'कृपया, अबको भ्रमणमा एक नम्बर बुँदामा जलजलेको ग्यास उत्पादनलाई राखिदिनुभयो र व्यावसायिक ग्यास उत्पादन सुरु भयो भने हाम्रो राष्ट्रले आफ्नो खुट्टामा उभिन सुरु गर्नेछ,' रिजालले भनेका छन्।
उनले जलजलेमा व्यावसायिक ग्यास उत्पादन सुरु भए दैलेखवासी मात्र नभई सिंगो राष्ट्र नै लामिछाने र उनको पार्टीप्रति अनुगृहीत हुने बताएका छन्।