बेइजिङ। वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्। नयाँ अध्ययनअनुसार यो जीनको भिन्नताले भाले लामखुट्टेलाई गर्मीमा बढी प्रजनन गर्न सहयोग गर्छ भने पोथी लामखुट्टेलाई मलेरियाको परजीवीबाट संक्रमित हुने जोखिम बढाउँछ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको अनुसन्धान केन्द्रका वैज्ञानिकहरूले गरेको यो अध्ययन हालै ‘सेल’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। यस अध्ययनले अफ्रिकामा मलेरिया सार्ने एक प्रकारको लामखुट्टे तीव्र गतिमा फैलिनुको कारण बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मलेरिया संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो विश्वका घातक संक्रामक रोगमध्ये एक मानिन्छ। अध्ययन गरिएको एनोफिलिज स्टेफेन्सी नामक लामखुट्टे अन्य मलेरिया सार्ने लामखुट्टेभन्दा फरक छ। यो ग्रामीण क्षेत्रमा मात्र नभई सहरमा पनि सजिलै बस्न र प्रजनन गर्न सक्छ। यसले घरमा राखिएका पानीका भाँडा, ट्याङ्की तथा अन्य पानी जम्ने ठाउँमा अण्डा पार्छ।
यो लामखुट्टे सन् २०१२ मा अफ्रिकी देश जिबुटीमा पहिलोपटक भेटिएको थियो। त्यसपछि यो अफ्रिकाका विभिन्न देशमा फैलिएको छ। बढ्दो तापक्रम सहन सक्ने भएकाले जलवायु परिवर्तनसँगै यसको विस्तार अझ बढ्न सक्ने वैज्ञानिकहरूको चिन्ता छ।
अनुसन्धानका क्रममा वैज्ञानिकहरूले लामखुट्टेको शरीरमा हुने ‘टाइमलेस’ नामक जीनमा प्राकृतिक परिवर्तन फेला पारेका छन्। यो जीनले शरीरको जैविक घडी अर्थात् सुत्ने, उठ्ने र दैनिक गतिविधिको समय नियन्त्रण गर्न मद्दत गर्छ।
अध्ययनअनुसार उक्त जीनमा परिवर्तन भएका भाले लामखुट्टेले उच्च तापक्रममा सामान्य लामखुट्टेको तुलनामा ३.६ देखि ४.७ गुणासम्म बढी प्रजनन सफलता हासिल गरेका छन्। उनीहरू बढी सक्रिय भएर उड्न सक्छन् र पोथीलाई आकर्षित गर्ने रासायनिक पदार्थ पनि बढी उत्पादन गर्छन्।
तर पोथी लामखुट्टेमा भने यसको असर फरक देखिएको छ। उक्त जीनमा परिवर्तन भएका पोथी लामखुट्टे मलेरिया परजीवीबाट सामान्य पोथीको तुलनामा बढी संक्रमित हुने अध्ययनले देखाएको छ। यसको कारण उनीहरूको रोगसँग लड्ने क्षमता कमजोर हुनु हो।
अनुसन्धानकर्ता वाङ सिबाओका अनुसार अब लामखुट्टेको फैलावटसँगै त्यसमा हुने आनुवंशिक परिवर्तनको पनि निगरानी गर्न आवश्यक छ।
उनले यस अध्ययनले जलवायु परिवर्तनले रोग फैलाउने लामखुट्टेको विकासमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्न मद्दत गर्ने बताए। साथै, यसले मलेरियाको जोखिम पहिचान गर्न र नियन्त्रणका कार्यक्रम प्रभावकारी बनाउन वैज्ञानिक आधार प्रदान गर्ने उनको भनाइ छ। सिन्ह्वा