सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्।
नेपाली सेनाको सुर्खेतस्थित राजदल गणको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गरेका हुन्।
खेलको ५१औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ६८औँ मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।
खेलका क्रममा कोशी प्रदेशका जर्सी नम्बर १० का खेलाडी शौरभ लिम्बुले पहेँलो कार्ड पाएका थिए। बराबरीसँगै त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश दुवै टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
यसअघि एपीएफ र नेपाल पुलिस सेमिफाइनलमा पुगिसकेका छन्। योसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ।
सेमिफाइनलमा आर्मी र एपीएफ तथा कोशी र पुलिस भिड्ने छन्। अब सेमिफाइनल र फाइनल खेलहरू जुम्लामा सञ्चालन हुनेछन्।