बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए बंगलादेश अहिले पनि पाकिस्तानी सेनाको अधीनमा रहने बताएकी छन्।
भारतमा निर्वासनमा रहेकी हसिनाले अवामी लिगको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएकी हुन्। उनले हिरासतमा रहेका व्यक्तिको हत्या, यातना र सन् १९७१ को मुक्ति युद्धका योद्धामाथि आक्रमण भइरहेको आरोप लगाउँदै सरकारको आलोचना गरिन्।
बंगलादेश अवामी लिगको ९८औँ भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै हसिनाले स्वतन्त्रता नभएको भए अहिले कसैले प्रधानमन्त्री बन्ने अवसरसमेत नपाउने बताइन्।
'यो देशले स्वतन्त्रता प्राप्त नगरेको भए आज कसैलाई प्रधानमन्त्री बन्नुपर्ने अवस्था नै आउने थिएन। बरु हामी पाकिस्तानी सेनाको अधीनमा रहने थियौँ', उनले भनिन्।
हसिनाले हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको, उपचारबाट वञ्चित गरिएको र परिवारलाई जानकारी नदिई हत्या गरिएको आरोप लगाइन्। कैदीलाई औषधि तथा उपचार नदिई यातना दिएर मारिएको उनको दाबी थियो।
उनले ढाकाको रामपुरा र बंगसाललगायत विभिन्न स्थानमा यस्ता घटना भइरहेको पनि बताइन्।
सन् १९७१ को मुक्ति युद्धमा सहभागी योद्धा शेख हुसेन अलीको हत्या गरी शव रुखमा झुन्ड्याइएको घटनाको पनि उनले निन्दा गरिन्। यसलाई बंगलादेशको स्वतन्त्रता संघर्षमाथिको प्रहार भन्दै उनले मुक्ति योद्धालाई एकपछि अर्को गर्दै समाप्त पार्ने प्रयास भइरहेको आरोप लगाइन्।
आफ्ना पिता तथा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको स्मरण गर्दै हसिनाले उनी जीवित रहेको भए स्वतन्त्रता प्राप्त गरेको एक दशकभित्रै बंगलादेश विकसित राष्ट्र बन्ने दाबी गरिन्।
हसिनाको यस्तो अभिव्यक्ति अवामी लिगले दुई दिने देशव्यापी बन्द आह्वान गरेका बेला आएको हो। बन्दका क्रममा सडक अवरुद्ध र आगजनीका घटना भएपछि सरकारले देशका विभिन्न जिल्लामा थप सुरक्षा व्यवस्था गरेको छ। सीमा सुरक्षा बल (बीजीबी) का १२० प्लाटुन परिचालन गरिएको छ।
यसैबिच, नाराइल जिल्लामा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) समर्थित व्यक्तिहरूले अवामी लिगका नेता तथा कार्यकर्ताका घर र पसलमा आक्रमण तथा आगजनी गरेको ढाका ट्रिब्युनले जनाएको छ। अग्नि नियन्त्रण सेवाका अनुसार घटनामा २० देखि २५ घरपरिवारका ५० भन्दा बढी आवासीय संरचना जलेर नष्ट भएका छन्। बार्दिया बजारका केही पसलमा पनि आगजनी गरिएको थियो।
भारतमा निर्वासनमा रहेकी हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छन्। उनले भारतको नयाँदिल्लीबाट बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमानमार्फत ढाका फर्कने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन्।
तर, प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले हसिनालाई स्वदेश फर्कन यात्रा कागजात उपलब्ध नगराउने र उनी फर्किए पक्राउ तथा सुपुर्दगी प्रक्रिया अघि बढाउने अडान राखेको छ। बंगलादेशमा सन् २०२४ को विद्यार्थी आन्दोलन दबाएको घटनासँग जोडिएको मानवताविरुद्धको अपराधमा हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ। उनले उक्त फैसला अस्वीकार गर्दै आएकी छन्।
यसैबिच, भारतको विदेश मन्त्रालयले बंगलादेशले गरेको सुपुर्दगी अनुरोध स्थापित प्रक्रियाअनुसार परीक्षण भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यात्रा कागजात लिएर स्वेच्छाले स्वदेश फर्किने विषय सुपुर्दगी प्रक्रियाभन्दा अलग रहेको स्पष्ट पारेका छन्।
हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको जनआन्दोलनपछि सत्ता छाडेर भारत पुगेकी थिइन्। उनले बंगलादेशमा १५ वर्ष शासन गरेकी थिइन्। अहिले उनको स्वदेश फर्किने घोषणासँगै बंगलादेशमा राजनीतिक तनाव र सुरक्षा चुनौती थपिएको छ। एजेन्सीको सहयोगमा