आन्दोलन र निकास
१९ कार्तिक २०७२
•
१४ मिनेट पाठ
आन्दोलन र निकास
यति लामो समयदेखि मधेसमा आन्दोलन भइरहेको छ। र, त्यसले देशैभरि ठूलो असर पारिरहेको छ। अनेक आयाम छन् यो आन्दोलनका। सबैका आआफ्नै किसिमका बुझाइ पनि छन्। देशभित्र–बाहिरका अनेक शक्ति आआफ्नै किसिमले यो स्थितिबाट ठूलो–सानो फाइदा लिन लागिपरेका छन्।यही आन्दोलनको वरिपरि थोरै सार्थक र धेरै निरर्थक, थोरै वस्तुगत र धेरै आग्रहग्रस्त, थोरै प्रगतिउन्मुख र धेरै विभाजनउन्मुख अभिव्यक्ति, अन्तर्क्रिया र प्रतिक्रिया भइरहेका छन्। आन्दोलन भने भइरहेकै छ र सम्पूर्ण देशले झन्झन् दुःख पाइरहेको छ।

जहिले पनि जुनसुकै आन्दोलनको, विद्रोहको, विप्लवको वा क्रान्तिको जननी असन्तुष्टि नै हुने गर्छ। र, आन्दोलनको ऊर्जा पनि त्यही असन्तुष्टिभित्रै अभिन्नरूपमा गाँसिएर रहेको हुन्छ। असन्तुष्टिका कारणहरू हुन्छन्। ती असन्तुष्टिका कारणलाई सम्बोधन गर्न नसक्दा वा ढिलो हुँदा समस्याहरूको दुश्चक्र (भिसियस सर्कल)को जन्म हुन्छ। एकातिर निहित स्वार्थ भएका पराइहरूले त्यो असन्तुष्टिभित्र आफ्ना स्वार्थको प्रवेश गराउन सक्छन्। अर्कोतिर असन्तुष्टिजन्य आन्दोलनको ऊर्जा अस्वाभाविकरूपले थपिँदै जान्छ र विध्वंशात्मकरूपमा विष्फोट हुन्छ।

सबै किसिमका आन्दोलन यथार्थमा असन्तुष्टिका विष्फोट नै हुन्। र, आन्दोलनहरू सधैँ जनता र राष्ट्रका निम्ति सुखप्राप्ति र सन्तुष्टिमा नै टुंगिन्छन् भन्ने छैन। कुनैबेला देशको विकास दशकौँपछि पर्न पनि सक्छ। तीन–चार पुस्ताका जनताले दुःख पाउन पनि सक्छन्। कुनैकुनै आन्दोलनले त द्वेष, घृणा, हिंसा र विध्वंशको लामो सिलसिलालाई जन्म दिन पनि सक्छन्। अफगानिस्तान, मध्यपूर्व, अफ्रिका, श्रीलंकालगायत संसारमा जता फर्केर हेरे पनि यो तथ्य बुझ्न गाह्रो छैन। हाम्रा आफ्नै अनुभवहरू पनि यति देख्न यथेष्ट छन्।

विवेकी, सन्तुलित र दूरदृष्टि भएको नेतृत्वको अभावमा आन्दोलनका बेलामा तर्कले ठाउँ पाउँदैन। विवेक एउटा कुनामा धकेलिएर मुर्छित भएको हुन्छ। आन्दोलनकारीमा एक किसिमको मात लागेको हुन्छ र यो मातले गर्दा शत्रुलाई मित्र तथा मित्रलाई शत्रु ठान्ने स्थिति पनि आउँछ। आफ्ना जति पराइ र पराइजति आफ्ना देखिन थाल्छन्। यस्तै बेलामा हो– दाउ खोजेर बसेका कुत्सित उद्देश्य भएका पराइले फाइदा उठाउन पाउँछन्, सक्छन्। आन्दोलनकारी नेतृत्वको कर्तव्य मूल उद्देश्य प्राप्तिका निम्ति जनतामा रहेको असन्तुष्टिको सही परिचालन गर्नु हो। र, संस्थापन पक्षको काम आन्दोलनका कारक असन्तुष्टिहरूलाई सही ढंगले सम्बोधन गर्नु हो। यतिबेला दुवैतर्फ यो उत्तरदायित्वबोध भएको देखिँदैन।

मधेसको असन्तुष्टि अहिलेको मात्रै असन्तुष्टि हैन। शासकहरूमा रहेको सामन्ती संस्कार, दम्भ, हेपाहापन, वर्गचरित्र आदिका कारण जन्मेको यो असन्तुष्टिलाई लामो समयसम्म वास्ता गरिएन। देशका अन्य भागमा जस्तै तराईमा पनि मध्यमवर्गको जनसंख्या ठूलो हुँदै जाँदा त्यो वर्गले असन्तुष्टि व्यक्त गर्न थाल्यो। असन्तुष्टिका ती आवाजलाई नेपालका शासकले सुनेनन्। तराईका बलशाली जमिनदार घरानियाँहरूलाई हात लिएपछि पुग्छ भन्ने सोचले नै काम गरिरह्यो। यो सोचको आधार घरानियाँ र 'तृणमूल' मधेसीहरूबीचको दूरी थियो। तर, मधेसी मध्यमवर्गको विस्तारसँगै त्यो आधार खुस्केको कुरा पुरातन शासकले त पत्तै पाएनन्, अहिलेका शासकले पनि त्यो आवाजलाई ध्यान दिन सकेका छैनन्। फलस्वरूप असन्तुष्टिजन्य विद्रोह–ऊर्जा मधेसमा निरन्तर थपिइरह्यो।

तर, सीमापारिका भारतीय शासकहरू भने नेपाली शासकजस्तो बेहोशीमा रहेनछन् भन्ने स्पष्ट देखिँदैछ। केही समयसम्म उनीहरूमा पनि अलिकति भ्रम थियो होला। भारतीय स्वाधीनता संग्रामबाटै दीक्षित भएर लोकतन्त्र र समाजवादको मन्त्र जप्न सिकेका नेपालका राजनीतिक पार्टीहरू आफ्नो नियन्त्रणबाट बाहिर जान सक्लान् भन्ने भारतीयलाई कहिल्यै लागेको थिएन होला। तर, नेपालमा राष्ट्रिय स्वाभिमानको स्वर विस्तारै ठूलो हुँदै जान थालेपछि भने उनीहरूले आफ्नो स्वार्थको खेती गर्न हतारहतार नेपालमा मलिलो जमिन खोज्न थाले। सानो चित्त भएका, भिखारी संस्कार भएका, तर 'नेता' वा 'ठूला हाकिम'को पगरी गुथेका मान्छेका अनुहारका दयनीय प्राणीहरू भेट्न उनीहरूलाई गाह्रो थिएन। तिनलाई अनेक लोभ देखाएर किन्ने काम त भारतीयहरूले सजिलै गर्न सक्ने नै भए। अहिले हेर्दा देखिन्छ, तराईका असन्तुष्टिमा आफ्नो स्वार्थ घुसाएर, त्यसभित्र विध्वंशात्मक ऊर्जा झन्झन् बढाउने काम पनि गरिरहेका रहेछन्। त्यतिले नपुगेर आफ्ना पक्षमा नेपालभित्रै 'पञ्चम स्तम्भ' (फिफ्थ कोलम) बलियो पार्न नै होला नवप्रवेशीहरूको नागरिकताका कुरामा उनीहरूले प्रशस्तै चासो लिए। चीनसँगको निरन्तर परिवर्तित भइरहेको सम्बन्धको सन्दर्भमा पनि नेपाललाई आफ्नो पकडमा राखिरहनुपर्ने उनीहरूको आवश्यकता बुझ्न सकिन्छ।

यी सबै यथार्थको मूर्त अभिव्यक्ति वर्तमान मधेस आन्दोलनको झ्यालबाट स्पष्ट देखिँदैछ। संघीयताको मुद्दासँग गाँसिएको छ यो आन्दोलन। नेपालको भौगोलिक विशेषतालाई मात्र हेर्ने हो भने जो कोहीले पनि ठूला नदीहरूको बहावसँग मिल्दो र उत्तरदेखि दक्षिणसम्म फैलिएका प्रान्तहरू नै स्वाभाविक देख्नुपर्ने हो। यसरी बन्ने भौगोलिक, प्राकृतिक, सांस्कृतिक अनेक विविधताले धनी हरेक प्रान्तभित्र समावेशिता–समता–समानतालाई सुनिश्चित गर्न अझ सजिलो पनि हुँदो हो। तर, नेपालमा अनौठो किसिमले प्रान्तहरू बन्नु पर्ने कुरा आइरहेका छन्। र, तार्किक किसिमले भन्दा पनि बढी भावनात्मक, विष्फोटक, हिंसात्मक र विध्वंशात्मक ढंगले ती कुरा आइरहेका छन्। वर्तमानमा उभिएर भविष्य निर्माण गर्नेभन्दा पनि विगतका घाउका खत कोट्याउँदै नयाँ घाउ बनाउनझैँ आइरहेका छन्। त्यसले के देखाउँछ भने, राज्यले सम्बोधन गर्नै पर्ने जनताका असन्तुष्टिलाई बेलैमा सम्बोधन गर्न सकेन। त्यसले गर्दा कुत्सित मनसाय भएका नजिकका र टाढाका पराइहरूले आआफ्ना स्वार्थको खेती गर्न मलिलो जमिन पाए। केही नयाँ 'रजौटा'हरू भने आफ्नो तात्कालिक सत्तास्वार्थका निम्ति मधेसी, थारूलगायत जनताका विभिन्न समुदायको आवाजलाई बेवास्ता गरिरहेका छन्। र, त्यसले भइरहेको नोक्सानी आकलन गर्नै नसकिने गरी बढिसकेको छ।

अहिले तराईको आन्दोलनमा सँगसँगैजस्ता देखिएका विभिन्न समुदायबीच पनि भोलि धार्मिक द्वन्द्वजस्ता विग्रह निम्तिन सक्ने सम्भावना छ। सीमापारि धार्मिक अतिवादीकै शासन चलिरहने हो र भारतसँगको सिमानालाई अहिलेजस्तै खुला र छाडा छोडिरहने हो भने त यस्तो सम्भावना झनै बलियो हुनेछ। यहीबेला समुद्रपारिका पराइहरूले जातीयताका बारेमा लालबुजु्रक भएर जसरी कुरा उछालिरहेका छन् र नेपालभित्र केहीअघि नै सुरु भइसकेको जातीय अन्तरघुलनलाई अवरोध गर्ने काम गरिरहेका छन्, त्यसले पनि अनिष्ट नै देखाइरहेको छ।

यस्तो परिस्थितिमा बनेको नयाँ सरकारले जति चनाखो भएर रातदिन नभनी काम गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन। अझै पनि मन्त्री को बन्ने भनेर झगडा गरिरहनु अत्यन्त दुःखदायी र लाजमर्दो कुरा हो। यति महŒवपूर्ण तथा संगीन घडीमा पनि पार्टीहरूभित्र लज्जास्पद गुटवाद र विभाजन देखिनु अनि विभिन्न पार्टीबीचको सम्बन्धमा अत्यन्त साँघुरो र आत्मकेन्द्रित व्यवहार देखिनुले राष्ट्रको भलो गर्दैन।

प्रतिपक्ष चाहिन्छ लोकतन्त्रमा। तर, त्यसलाई धार्मिकरूपमा, कर्मकाण्डका रूपमा बुझ्ने कि राष्ट्रिय आवश्यकताक हिसाबले पनि बुझ्ने? स्पष्ट छ– अब संविधानमा संशोधन नगरी हुँदैन। आआफ्ना 'रजौटा स्वार्थ'लाई नत्यागी अब सुख छैन। यसलाई अवसरका रूपमा लिने हो भने, कुनकुन कुरालाई प्राथमिकतामा राखेर संशोधन गर्ने भन्ने कुरा गम्भीरतापूर्वक सोच्ने बेला हो यो। बेलामा जनताका जायज मागलाई सम्बोधन गर्न नसक्दा, यथार्थलाई बुझ्न र बुझाउन नसक्दा, पराइका षड्यन्त्र देख्न नसक्दा र केही नेता पराइका कोठीमा बिक्दा देशमा धेरै कुरा बिग्रिसकेको छ। इतिहासमै राष्ट्रियतामाथि यति गम्भीर संकट कहिल्यै आइपरेको थिएन। कुनै घोषित शत्रु देशले लडाईं छेडेको भन्दा गम्भीर राष्ट्रिय संकटको बेला हो यो।

अब मधेसको माग कुनै न कुनै रूपमा पूरा नगरी सुखै छैन। सबैका आँखामा सबै माग तर्कसंगत नहुन सक्छन्। तिनमा विदेशीहरूको निहित स्वार्थले प्रवेश पाउने ढोका खुला रहेको हुन पनि सक्छ। तर, तर्क र विवेकका कुरा प्रवेश गर्ने ढोका बन्द भइसकेको स्थितिमा कि त त्यो ढोका खोल्ने उपाय गर्नुपर्योग, कि भने कसो गर्दा कमभन्दा कम हानी हुन्छ भनेर सोच्नुपर्योो।

उत्तरतिरको बाटो झन्झन् खोल्दै जाने, आर्थिक विकासलाई नम्बर एक एजेन्डा बनाउने, समान अवसर र पहुँचलाई स्थापित गराउने, जातीय आधारमा हुने कुनै पनि किसिमको भेदभाव र अनादरप्रति कानुनीरूपमै शून्य सहनशीलता स्थापित गर्नेलगायतका काम गर्दा मात्र अहिलेसम्म भइसकेको नोक्सानी कम होला। नत्र देशले ठूलै दुःख पाउनेछ। राष्ट्रियतामा आएको संकट अझ बढ्ने छ। देशका नयाँ कार्यकारीहरू र पार्टीका दिग्गजले यति बुझून्, उचित निर्णय लिन सकून्, संकटका बेलामा बालहठ त्याग्न सकून्, नेताहरू नेताजस्तै हुन सकून्!
अर्को समाचार
‘निकास वा पुनर्बास’ माग्दै आन्दोलन
१६ मंसिर २०७६
•
८ मिनेट पाठ
‘निकास वा पुनर्बास’ माग्दै आन्दोलन
वीरगन्ज - वीरगन्ज सुक्खा बन्दरगाह विस्तारको प्रस्तावित योजनाका लागि हटाउन लागिएको सिर्सिया गाउँका बासिन्दाले यथाशीघ्र निकास माग्दै आन्दोलन गरेका छन्। सिंगै गाउँको जग्गा–जमिन करिब तीन वर्षदेखि रोक्का छ। उक्त रोक्काले गर्दा गाउँका करिब ६५ घरधुरी बिचल्लीमा परेको भन्दै स्थानीयले आइतबार सिर्सिया सुक्खा बन्दरगाहको मुख्य ढोकाअगाडि चक्का जाम गर्दै दुई घन्टा धर्ना दिए। प्रस्तावित मुआब्जामा असन्तोष जनाउँदै स्थानीय विरोधमा उत्रिएपछि योजना अलपत्र छ।

आइतबार भएको स्थानीयको धर्नामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री अजय चौरसिया लगायत नेताहरुले समेत सहभागिता जनाए। ‘एउटा दुर्भाग्यपूर्ण परिस्थिति देखिएको छ, सरकारले सिंगै गाउँको घरबार खेतीपाती सबै रोक्का गरेको छ, खानेपानी धारो गाड्न वा बिग्रे–भत्केको घर मर्मत गर्न समेत रोक्का छ, यहाँका बासिन्दाको जीवन एक किसिमले बन्धकीमा परेको छ,’ धर्नापछि नेता चौरसियाले भने, ‘अचल सम्पत्ति भनेको भैपरी आउने अवस्थाको लागि, घर व्यवहारमा गाह्रो–साँधुरो भयो भने त्यसबेलाका लागि मानिसले राख्ने गरेका छन्। यस गाउँमा त्यो सबै बन्द छ। छोरीको बिहेको लागि, छोराको पढाइको लागि वा बाबुआमाको उपचारको लागि कसैले जग्गा बेच्न चाहेमा रोक्का छ, कसैले पनि तीन वर्षदेखि बासको लागि नयाँ घर बनाउन पाएको छैन।’

यसरी मानिसको जीवनलाई समस्या पार्ने गरी एउटा अनिर्णित अवस्था लम्बिनुलाई उनले ‘सरकारको चरम असंवेदनशीलता’ भने। सिर्सियाबासीको गुनासो सम्बोधन गर्न उनले माग गरे। सिर्सियाबासी भने सरकारी टोलीले मुआब्जा निर्धारण गर्दा अव्यवहारिक र आफूहरुको ठूलो आर्थिक सामाजिक क्षति हुने गरी काम गरेको बताउँछन्। जग्गाको मूल्यांकनका लागि तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको संयोजकत्वमा गठित उपसमितिले प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुआब्जा मूल समितिलाई जग्गाको मूल्यांकन सहितको प्रतिवेदन बुझाएपछि स्थानीयले असहमति जनाए। उपसमितिले पदमरोड दायाँबायाँको जग्गालाई ३५ लाख ९५ हजार, आइसिपी सडकछेउको जग्गालाई ४४ लाख ८६ हजार, ग्राभेल सडक आसपासको जग्गालाई १३ लाख ४९ हजार, कच्ची सडक आसपासको जग्गालाई नौ लाख ६७ हजार र बाटो नभएकोलाई एक लाख ८० हजार रुपैयाँ प्रतिकट्ठा मूल्यांकन तोकेको छ।

चलन–चल्तीको भाउभन्दा निकै कम मुआब्जा तोकिएको भन्दै स्थानीयले त्यो नलिने बताएका छन्। जग्गा भने सुक्खा बन्दरगाह विस्तार योजनाका लागि रोक्का नै छ। यो रोक्काले गाउँका बासिन्दा समस्यामा परेका छन् भने जग्गा नपाउँदा योजना अलपत्र छ। आयात र निर्यातलाई व्यवस्थित गर्न १४ वर्षअघि निर्माण सम्पन्न भई सञ्चालन सुरु भएको र भारतीय रेलसञ्जालमार्फत समुद्री बन्दरगाहसँग समेत जोडिएको वीरगन्ज सुक्खा बन्दरगाहमा कारोबारको चाप बढेको छ। बढ्दो कारोबारको दाँजोमा बन्दरगाह साँघुरो हुन थालेपछि सरकारले विस्तार योजना बनाएको हो। सुक्खा बन्दरगाह र २०७४ चैत २४ मा सञ्चालनमा आएको एकीकृत जाँच चौकी (आइसिपी)को बीचमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियाको बस्ती सहित ६२ बिघा जग्गा अधिग्रहण विवादमा परेपछि यो समस्या देखिएको छ।

चलनचल्तीको भाउमा मुआब्जा वा गाउँलाई नै सारेर सोही वडामा अन्यत्र पुनर्बास गराउने दुइटा विकल्प स्थानीयले गत माघमा अघि सारेका थिए। त्यसउपर अहिलेसम्म कुनै सुनुवाइ नहुँदा स्थानीयमा असन्तोष छ। पुस्तौंदेखिको थातथलो छोडेर अन्यत्र जाँदा गाउँ–समाज एकआपसमा अलग हुने भएकोले मुब्जाभन्दा सरकारले पुनर्बासको व्यवस्था मिलाइदेओस् भन्ने उनीहरुको माग थियो। उक्त मूल्यांकनप्रति स्थानीयले चर्को असन्तोष जनाउँदै आएका छन्।

‘यो मूल्यांकनको सम्पूर्ण गाउँबासी विरोधमा छन्। सिडिओ (प्रमुख जिल्ला अधिकारी)लाई यस विषयमा जानकारी गराइसकिएको छ,’ सिर्सियाका एकजना बासिन्दा विजय तिवारीले भने, ‘सरकारी योजना आएपछि बढी पैसा माग्न खोजिएको होइन, उचित मुआब्जा मात्र चाहिएको छ, जुन भाउमा यहाँ खरिद–बिक्री भइरहेको छ, त्यस हिसाबले मुआब्जा पाए उनीहरुलाई पुनः घरबार जोड्न सहज हुन्छ। नभए परिवार जहानबच्चा लिएर कहाँ जाने ?’

सम्पत्ति बेच्न वा बन्धकी राखेर ऋण लिन समेत नसकेको उनले बताए। ‘लामो समयदेखि अनिर्णित राखेर अल्झाइएको छ,’ स्थानीय अगुवा तिवारीले भने, ‘गाउँ भनेको जग्ग्गा र घर मात्र होइन, यहाँ बस्नेको आपसी सम्बन्ध पनि हो, साझा जीवन हो। त्यस कारणले बरु नजिकै सामूहिक पुनर्बास गराए हामीले सहर्ष स्वीकार्ने छौं।’

बन्दरगाहबाट पश्चिम, पदमरोड दक्षिण र आइसिपी सडकको पूर्वको नौ सय १९ कित्ता जग्गा अधिग्रहण गर्न लागिएको हो। अधिग्रहण गर्न लागिएको जग्गामा ६४ घरधुरी, एउटा प्राथमिक विद्यालय, हुलाक, स्वास्थ्य चौकी, पोखरी र गुठीको जग्गासमेत परेको छ। महानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकबाट लिइएको जग्गाको मूल्यांकनको औसतका आधारमा मुआब्जा दर निर्धारण गरिएको मूल्यांकन उपसमितिले जनाएको थियो।

सुक्खा बन्दरगाह विस्तारका लागि प्रक्रिया अघि सारिएको चार वर्ष बिते पनि जग्गा अधिग्रहण समेत हुन सेकको छैन। सुक्खा बन्दरगाह विस्तारको आवश्यकता सरोकारवालाले पटकपटक व्यक्त गर्दै आएका छन्। सुक्खा बन्दरगाहको पूर्वमा आइसिपी छ। आइसिपी र सुक्खा बन्दरगाहबीचको यो ठाउँ नै सुक्खा बन्दरगाह विस्तारको लागि सबभन्दा उपयुक्त विकल्पको रुपमा लिइएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस