मकवानपुर - समान्यतया आन्दोलन जसलेेगर्छ, उसैले वार्ता समिति बनाएर संवाद सुरु गर्छ, र समस्याको निकास निकाल्छ। तर हेटौंडा औद्योगिक क्षेत्रको एक उद्योगमा तालाबन्दी गरी सुरु भएको आन्दोलन एक सातामा अर्कै संगठनको नेतृत्वमा पुगेको छ। थालनी गर्ने संगठनको सट्टा अर्कैका नेतृत्वमा आन्दोलन पुगेपछि स्थगित भएको छ।
एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघको आह्वानमा सुपर लेमिकोट्स प्रालिमा तालाबन्दीसहित भएको आन्दोलन एक साता नबित्दै नेकपा–माओवादीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको हातमा पुगेको हो। अहिले सोही संगठनका केन्द्रीय सदस्य तथा मकवानपुर संयोजक कृष्णराज कोइरालाको नेतृत्वमा आन्दोलन चलिरहेको छ। उनी सुपर लेमिकोट्समै कार्यरत मात्र नभएर उद्योगका एकाइ अध्यक्ष पनि हुन्।
एक साताअघि एकीकृत माओवादीनिकट मजदुर संघले न्यूनतम वेतन लागू नगराएको भन्दै सो उद्योग बन्द गराएको थियो। ६ वटा उद्योगमध्ये अन्यमा कुरा मिल्दै गयो। राजपत्रमा सूचना प्रकाशित गरी बढाइएको १८ सय तलब दिन राजी भएका उद्योग क्रमशः खुल्दै गए। उद्योग संघ र मजदुर संघको पहलमा उद्योगैपिच्छे वार्ता भयो। तर सुपर लेमिकोट्समा कुरा मिल्न सकेन।
क्रान्तिकारी मजदुर संघका कार्यकर्ता पनि एकीकृत माओवादीनिकट संगठनमा जाने स्थिति देखिएपछि रणनीतिक रुपमा वार्ता समिति बनाएर क्रान्तिकारी मजदुर नेता कोइराला धर्ना बस्न आए। उनको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली बनेको छ। उनले उद्योग व्यवस्थापनसँग वार्ताको पहल भइरहेको बताए। अन्य उद्योगमा एकीकृतनिकटले आन्दोलन गरे पनि जायज माग भएकोले सो उद्योगमा भने आफ्नै नेतृत्वमा आन्दोलन भइरहेको कोइरालाले बताए।
'आन्दोलनमा सबैले साथ दिनुपर्छ, कांग्रेस, एमाले, माओवादी वा भर्खर गठन भएको राप्रपा नेपालको संगठनले पनि साथ दिनुपर्छ,' उनले भने, 'हामी वृद्धि भएको १८ सय न्यूनतम तलब लागू गराएरै छाड्छौं।'
तलब वृद्धिको आन्दोलनमा साथ नदिएको भन्दै वैद्यपक्षीय २ उद्योग एकाइद्वारा संगठन नै परिवर्तन गरी एकीकृत निकट संगठनको सदस्यता लिएपछि वैद्यपक्षीय नेता हच्किएका हुन्। केही दिनअघि सिद्धार्थ पेलेट र एप्पल पोलिमर्सका मजदुर एकाइ अध्यक्षसहित मजदुरहरु एकीकृतको संगठनमा प्रवेश गरेका थिए।
आन्दोलन नै वैद्यपक्षीय मजदुरले कब्जामा लिएपछि अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर संयोजक रामशरण घिमिरेले विज्ञप्ति जारी गरी तत्काल आन्दोलन स्थगित गरेको घोषणा गरेका छन्। ३ पटकसम्म वार्ता भई सहमति नजिक पुगेका बेला 'मजदुरको इच्छाविपरीत' कोइरालाको संयोजकत्वमा वार्ता कमिटी बनाई आन्दोलन तुहाउन खोजेको भन्दै स्थगन गरेको विज्ञप्तिमा छ। उद्योगीसँग मिलेर मजदुरप्रति घात गर्ने षडयन्त्र भएको भन्दै आन्दोलन तत्कालका लागि फिर्ता लिएको घिमिरेले बताए। यता, क्रान्तिकारीका संयोजक कोइरालाले आन्दोलन आफ्नो वशमा नआएपछि आक्रोश व्यक्त गरिएको बताए। उनले आफूहरुले मजदुरलाई घात गर्न आन्दोलन नगरेको उल्लेख गरे।