नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन् गगन थापालाई इंगित गर्दै उनले देश र पार्टी कठिन परिस्थितिमा रहेका बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको टिप्पणी गरे।
आइतबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै देउवा समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले आधिकारिकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरे।
‘शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस हो। यो विषयमा कुनै साथीहरूलाई पनि भ्रम नहोस्,’ उनले भने, ‘मुलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको छ।’