धादिङमा ६५ वर्षीय हरिबहादुर ढुंगाना आफ्नै घरमा शंकास्पद अवस्थामा मृत भेटिएका छन्।
उनको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ३८ वर्षीय सूर्यबहादुर थिङलाई पक्राउ गरेको छ। धादिङ प्रहरीका अनुसार शनिबार बिहान ९:१५ बजे गजुरी गाउँपालिका-८ कटुन्जेस्थित आफ्नै घरको कोठामा ढुंगानाको शव फेला परेको थियो। स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको र दाहिने हातको नाडीको हड्डी भाँचिएको पाइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट संकलित प्रमाण र साक्षीको बयानका आधारमा थिङले शुक्रबार राति ढुंगानालाई कुटपिट गरी हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। थिङविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरी धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका थिङविरुद्ध यसअघि २०७२ र २०८१ सालमा सार्वजनिक अपराध तथा २०७८ सालमा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा समेत अनुसन्धान भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।