आन्दोलनको निकास
१६ कार्तिक २०७२
•
९ मिनेट पाठ
आन्दोलनको निकास
नेपालको इतिहासमा वर्तमान आन्दोलन जत्तिको लामो कहिल्यै भएको छैन। तथापि आन्दोलनले निकास पाउने छाँटकाँट भने देखिन्न। आन्दोलनले पूरा मुलुकभर आहत उत्पन्न त गरेको छ नै यसले अराजकता, दण्डहीनता, तस्करी तथा सदियौँको छिमेकी सम्बन्धमा समेत दरार उत्पन्न गर्दैछ।आधाभन्दा बढी जनसंख्या भारतले नाका बन्दी गरेको ठानी घनिभूत विरोध गरिरहेका छन्। नागरिक अधिकारका लागि भएको यो संघर्षलाई सरकार एवं केही बौद्धिक वर्गलेे मुलुक विभाजनका निम्ति विदेशीको उक्साहटमा भएको गतिविधि बुझेका छन्। जुन सबैभन्दा दुखद् एवं जोखिमपूर्ण पक्ष हो।

यो बुझाइ आमजनताप्रतिको अवमूल्यन हो। यही नकारात्मक दृष्टिकोण नै निकासको बाधक बनेको छ। आन्दोलनस्थलको यथार्थ नबुझी बाहिरी चश्माको आधारमा गरिने बौद्धिक विश्लेषण खतरानाक छ। बौद्धिक वर्गले निष्पक्ष भएर विश्लेषण गर्नुपर्छ। उचित राय सलाह दिनुपर्छ। भारतको दादरी सहरमा एउटा मुस्लिम परिवारले गाईको मासु खाएको हल्ला फैलँदा मोहम्मद अखलाकको नृशंस हत्या भयो। यस्ता हिंसाले अझ भयावह रूप लिन सक्ने सम्भावना रहन्छ। तर यसतर्फ कसैले ध्यान पुर्यायएको देखिन्न। यो भारतीय घटनाबाट नेपाली बौद्धिक वर्गले थोरै भए पनि शिक्षा लिनुपर्छ।

नाकाबन्दी भएदेखि इन्धन अभाव मधेसमा पनि चरम छ। सीमावर्ती बजारमा नेपाली मोटरसाइकललाई तीन सयभन्दा बढीको तेल दिइँदैन तर ब्ल्याकमा प्रतिलिटर २ सय रुपियाँमा जति पनि पाइन्छ। ३ सय ५० मा पाइने ग्यास भारतीयहरु आफँै नेपालमा ल्याई २ हजारदेखि ३ हजारसम्ममा बिक्री गर्दैछन्। जसमा १२ किलोग्रामात्र मात्र हुन्छ। मितेरी पुल अवरोध भए पनि चोर बाटोबाट हजारौँ लिटर इन्धन सधैँजसो भित्रने गरेको छ। कसैले मोटरसाइकलमा फुल ट्यांकी तेल हालेर बाटो हिँड्ने अवस्था छैन। जहाँ पायो त्यहीँ तेल खोस्ने र बेइज्जत गर्ने समूह भेटिन्छ। सानोभन्दा सानो सामानको पोको लिएर आउँदा जो कोहीले पनि आन्दोलनका नाममा खोस्ने, लुटपाट गर्ने जोखिम बढ्दैछ। केही दिनअघि वीरगञ्ज नजिकको एउटा राइस मिलमा भएको लुटपाट, अष्टमीको दिनमा एक दम्पती मोटरसाइकमा आइरहँदा पर्साको तिलावे पुल नजिक केही युवाले पेट्रोल खोसेपछि दुई गाउँबीच सिर्जित तनाव आदिले आन्दोलनका क्रममा आपराधिक एवं तस्करीजन्य घटना बढिरहेका पुष्टि हुन्छ। जसले आन्दोलनलाई बदनाममात्र गरिरहेको छैन, तस्करी पनि बढाएको छ। अपराधको जन्म दिएको छ। केही उद्योग र सिनेमा हल सञ्चालन हुन दिएकेा तर शैक्षिक संस्था बन्द गरी विद्यार्थीको भविष्यप्रति गम्भीर नरहेको आरोप पनि आन्दोलनकारीमाथि छ। त्यसैले यी सबै समस्याको निकास जरुरी छ।

मधेसका ११६ प्रत्यक्ष संासद छन् जसमा १११ जना मौन बसेको देखिन्छ। संविधानमा हस्ताक्षर गरेदेखि मधेसी जनता उनीहरुसँग रुष्ट छन् भनिन्छ। ती सांसद भने मौन बसेर आफूले राम्रो गरेको संकेत देखाउँदैछन्। यसर्थ जारी आन्दोलनलाई निकास दिने र जनताको असन्तुष्टिलाई सन्तुष्टिमा परिणत गर्ने दायित्व मधेसी सांसदहरुमा छ। आन्दोलनका नाममा मधेसी सांसदलाई निषेध गर्ने घोषणा पनि अनुचित छ। जबकि आन्दोलन गर्नेहरुले तिनीहरुको पनि सहयोग लिने रणनीति बनाउनुपर्छ।

समानुपातिक, समावेशी र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषय संशोधन विधेयक संसदमा पेश भएको छ तर संशोधन हुन सकेको छैन। जबकि उक्त विषयमा संशोधन गर्न सार्वभौम संविधान सभामा ५९८ जना सभासद्ले नै प्रतिबद्धता जाहेर गरेका थिए। संविधान सभाबाट पारित विषयलाई संविधानमा सामावेश गर्न सरकार एवं प्रतिपक्ष गम्भीर नहुनु सार्वभौम संविधान सभाको अवमूल्यन हो। अन्तरिम संविधान २०६३ को धारा ३३ को प्रावधानको पनि उल्लंघन हो। आन्दोलनलाई निकास नदिने दूषित मनसाय पनि हो। सीमांकन, समानुपातिक, सामावेशिता तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण जस्ता मूलभूत विषय नै आन्दोलनको माग देखिएका छन्। उपरोक्त दुईवटा विषय सरकारले संशोधनद्वारा संस्थागत गर्योू भने संघर्षरत शक्तिलाई आफ्नो अडानमा विचार गर्ने बाध्यता सिर्जना हुन्छ। केही प्राप्त नगरी आन्दोलनकारीले संघर्ष फिर्ता लिने अवस्था छैन भने फिर्ता लेऊ भन्न सक्ने हैसियत पनि कसैमा छैन। आन्दोलनकारीले फिर्ता लिए पनि जनता मान्ने अवस्था छैन। यो आन्दोलनकारीको बाध्यता हो।

त्यसैले कमसेकम उपरोक्त दुईवटा विषय संशोधनमार्फत संस्थागत भयो भने केही मार्ग खुकुलो हुन सक्छ। उक्त दुई विषय संशोधन भएपछि कमसेकम आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ। नाका अवरोध हटाई चरम इन्धन ग्यास अभावको संकटबाट मुलुकलाई मुक्त गर्न मोर्चा पनि जिम्मेवार बन्नुपर्छ। मोर्चासँगको वार्ता टोलीमा कांग्रेसको पनि प्रतिनिधि रहने सरकारको निर्णय उचित छ भने वार्ता टोलीमा नबस्ने कांग्रेसको सोच अनुचित छ। वास्तवमा भन्ने हो भने यो समस्या कांग्रेस सरकारकै पालामा जन्मेकाले निकासका लागि अरुभन्दा बढी जिम्मेवार कांग्रेस हुनैपर्छ। कांग्रेसले आन्दोलनकारी, सरकारको बीचमा मध्यस्थकर्ताको भूमिका खेल्नुका साथै उचित दबाब पनि दिनुपर्छ सरकारलाई। प्रम चुनावमा कांग्रेसलाई मधेसवादीले मत हालेर सरकारभन्दा बढी विश्वास देखाएका छन् जसको सदुपयोग गरेर कांग्रेसले निकासको सेेतु बन्नुपर्छ।

आन्दोलन लम्बियो भने अझै धेरै संकट निम्तन सक्छ यसर्थ निकासका निम्ति सबै शक्ति गम्भीर हुन अपरिहार्य छ। आन्दोलनकारीले पनि निकासका लागि आवश्यक हरेक शक्तिसँग समन्वय, सहकार्य, वार्ता, छलफल तथा अन्तरक्रिया बढाउनुपर्छ। मधेसका सांसदहरुसँग पनि छलफल चलाउनुपर्छ। सत्तापक्ष र प्रतिपक्ष दुवैसँग छलफल बढाउनुपर्छ भने आन्दोलनको व्यवस्थापनतर्फ पनि उत्तिकै ध्यान जान जरुरी छ।

वीरगञ्जस्थित अधिवक्ता
अर्को समाचार
चिकित्सक आन्दोलन समाधानको पहलमा अनौपचारिक वार्ता सुरु
१३ साउन २०८३
•
१ मिनेट पाठ
चिकित्सक आन्दोलन समाधानको पहलमा अनौपचारिक वार्ता सुरु
देशभरका चिकित्सकको आन्दोलनका बीच सरकार र चिकित्सक प्रतिनिधिबीच संवादको प्रक्रिया अघि बढेको छ। आन्दोलनको निकास खोज्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुधबार दुवै पक्षबीच अनौपचारिक छलफल सुरु भएको हो।

मन्त्रालयमा भइरहेको छलफलमा नेपाल चिकित्सक सङ्घले उठाएका मागहरूबारे प्रारम्भिक रूपमा विचारविमर्श भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार अनौपचारिक छलफलपछि दुवै पक्षबीच औपचारिक वार्ता अघि बढाइनेछ।

चिकित्सकहरूले कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका दोषीलाई कानुनी कारबाही गर्न तथा नारायणी अस्पताल घटनामा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्दै आएका छन्।

यस्तै, जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका लागि पुगेका चिकित्सकमाथि प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा प्रहरीले दुर्व्यवहार गरेको आरोप पनि सङ्घले दोहोर्याएको छ।

यसैबीच, चिकित्सकहरूको आन्दोलनका कारण देशभरका अधिकांश अस्पतालमा ओपीडी सेवा प्रभावित हुँदा उपचारका लागि पुगेका बिरामीले सास्ती खेप्नुपरेको छ। आन्दोलनलाई संवादमार्फत टुंग्याउने प्रयासस्वरूप सुरु भएको छलफललाई दुवै पक्षले सकारात्मक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस