अजित तिवारी, विराटनगर, मंसिर २३- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सत्तासीन दलहरु सहमतिका लागि तयार नरहेकाले ‘आन्दोलन'बाटै राजनीति निकास निकाल्ने चेतावनी दिएका छन्। सहमतिका लागि राष्ट्रपतिले तेस्रो पटक थपेको म्यादमा पनि राजनीति निकास निस्कने सम्भावना रहेको उनको भनाइ छ।
‘एकीकृत माओवादी र उनको गठबन्धनका रहेका सत्तासीन दलहरु सहमति चाहेकै छैन'-शनिबार विराटनगर विमानस्थलमा एमाले अध्यक्ष खनालले सञ्चारकर्मीसित भने, ‘सहमति नरुचाएकाले आन्दोलनबाटै वर्तमान सरकारलाई हटाइनेछ।' उनले एकीकृत माओवादीको व्यवहार र बोली सहमति जुटाउने खालको नरहेको समेत आरोप लगाए।
खनालले दलहरुबीच सहमति नभएसम्म राष्ट्रपतिले कुनै प्रकारको अध्यादेश पारित गर्न नहुने सुझाव दिए। एमालेको धनकुटा जिल्ला अधिवेशनका लागि खनाल पूर्व आएका हुन्।