उपेन्द्र लामिछाने, काठमाडौं, पुस ७- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवलाई राजनीतिक निकास निकालेर भारत भ्रमणमा जान आग्रह गरेका छन्। उनले क्रूसियल अवस्थामा तीन दिनभित्र राजनीतिक समाधान नभए आफूहरु आन्दोलन गर्न बाध्य हुने बताए।
'राष्ट्रपतिज्यूले निकास निकालेरै भ्रमण जानुभए राम्रो हुन्छ,' काठमाडौंको थलिमा आयोजित क्षेत्रीय सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति कोइरालाले भने, 'राष्ट्राध्यक्षको नाताले पनि यो जिम्मेवारी उहाँले बहन गर्नुपर्छ।'
उनले पछिल्लो समयमा राजनीतिक निकासको गति स्लो भएको बताए। 'सहमतिका लागि हामीले जति अबेर गर्यौं, मुलुकका लागि त्यति नै बेफाइदा हुनेछ,' सभापति कोइरालाले भने, 'तीन दिनभित्र सहमति नभए हामीसँग आन्दोलन गर्नुको विकल्प रहँदैन।'
उनले सत्तारुढ दललाई प्रजातन्त्रसँग खेलवाड नगर्न चेतावनीसमेत दिए।