वीरगञ्ज - नेकपा-माओवादीका महासचिव रामबहादुर थापा 'बादल'ले वार्ताबाट निकास निकाल्ने पहिलो प्राथमिकता भएको बताएका छन्। वार्ताबाट समाधान ननिस्किए सडक र संघर्षबाट निकास निकाल्ने दावी गरे। चुनावविरुद्ध आन्दोलन सुरु गरिसकेको पार्टीका महासचिव बादलले भने, 'हामी निरपेक्षरुपमा चुनाव विरोधी होइनौं।'माहासचिव बादलसँगको कुराकानी :
वार्ता सफल नभएपछि नेकपा–माओबादी के तयारीमा छ?
अहिले राष्ट्रिय संकटको समय भएको हुनाले यसलाई राम्ररी बुझ्न जरुरी छ। ३३ दलीय मोर्चाले तय गरेको कार्यक्रमबारे तल्लो तहसम्मका कार्यकर्ता र जनतालाई बुझाउन हामीले अहिले बिभिन्न कार्यक्रम गर्न लागेका छौं। हाम्रो नीति र योजनाबारे बुझाउने र त्यमाथि राय संकलन गर्ने क्रममा छौं। यसै सिलसिलामा बीरगन्ज पनि आएका हौं।
त्यो नीति र योजना भनेको चुनाव बिथोल्ने नै होला नि?
बादल : हामी निरपेक्षरुपमैं चुनाव बिरोधी होइनौं। चुनाव बहिस्कारको कुरा पनि निरपेक्ष रुपमा गरेका होइनौं। यथास्थितिमा हुने चुनावको मात्र बिरोध गरेका हौं। हामीले निकास होस् भनी चाहँदा–चाहँदै ४ पक्षीय संयन्त्रले वार्ता भंग गरेपछि स्थिति जटिल भएको हो। वार्ता र सहमतिको पक्षमा हामी अहिले पनि छौं। संवादको ढोका बन्द भइसकेको छैन्। वार्ताको टेबुलमा हामीले राखेको १८ बुँदे मागमा समेत निर्वाचनमा जान नयाँ किसिमको राजनीतिक बाटो हामीले अघि सारेका छौं।
चुनावी सरकार गठन लगत्तै गरेकोभन्दा फरक कुरा १८ बुँदेमा भए पो तपाँईहरु वार्ताको लागि लचिलो भएको बुझिन्थ्यो?
हामी हदैसम्म लचिलो छौं। सरकार र संयन्त्रवालाहरु लचिलो नभएर वार्ता भंग भएको हो। १८ बुँदे अपरिवर्तनीय होइन्। त्यो त राजनीतिक छलफलका लागि प्रस्तुत गरिएको बिषय पो हो। हामी विनाशर्त वर्तामा जानु भनेको पनि लचिलो हुनु नै हो। मंसिर ४ को बारेमा पनि हामी छलफल गर्न तयार छौं। पछि फेरि पनि वार्ताको प्रस्ताव आएको छ, जसलाई हामीले साकारात्मक बुझेका छौं। त्यसको लागि अनौपचारिक रुपमा दलहरुसँग कुराकानी भइरहेको छ।
अनि, यता आन्दोलनको तयारी पनि गरिरहनुभएको छ नि?
वार्ताबाट निकास हाम्रो पहिलो प्राथमिक्ता हो। त्यसबाट सामाधान निस्किएन भने सडक र संघर्षबाट निकास खोज्ने भनेका छौं।
जनताले शान्तिको आपेक्षा गरिरहँदा तपाईहरु फेरि संघर्षको कुरा गरिरहनु ठीक हो?
निश्चितरुपमा जनताले शान्तिपूर्ण सामाधान चाहेका छन्। जनता निरास भएको अवस्था पनि छ। उनीहरुको आपेक्षा ठुकुराइएको छ। यति खेर जनता 'पर्ख र हेर'को मनस्थितिमा छन्। जब शान्तिपूर्ण ढंगले उनीहरुको चाहनाको संबोधन हुदैन भने संघर्षको बाटो लाग्नुपर्ने बाध्यता हुन्छ। सरकारले नै मुठभेड चाहेको देखिन्छ।
भनेपछि मुठभेडको सम्भावना पनि छ?
बिज्ञानले भनेको छ –'प्रत्येक क्रियाको बिपरित र समान प्रतिक्रिया हुन्छ'। हामीले शान्तिपूर्ण निकास चाहेर पनि सरकारले दमन गर्न खोज्यो भने हामीले त्यसको प्रतिरोध गर्छौ।