संविधान बनाऊ
०६ जेष्ठ २०६९
•
७ मिनेट पाठ
संविधान बनाऊ
रोम जल्दा राजा निरो बाँसुरी बजाएर बसिरहेका थिए। नेपालका शीर्ष नेताहरु निरोको झझल्को दिइरहेका छन्। देश बन्द, हडताल, जातीय द्वन्द्वको भुंग्रोमा परेको छ। अनेकौँ उत्पात मच्चिएको छ। देशमा जातीयता र अन्य अतिवादको आगो सल्किएको छ। नेपाली निरोहरु बाँसुरी बजाइरहेका छन्।

राजनीतिक दलको सीमा तोडेर मान्छेहरु क्षेत्रीय वा जातीय राज्यका लागि लड्न थालेका छन्। अखण्ड सुदूर पश्चिम आन्दोलनमा 'सेन्टिमेन्ट'ले धेरै हदसम्म काम गरेको होला। हाम्रो देशमा करिब ५ हजार वर्षदेखि विभिन्न जाति, जनजाति बसोबास गर्दैआएका छन्। सबै जाति, भाषा, धर्म, संस्कृतिका जनता मिलेर बसेका छन्। तर, अहिले आदिवासी र गैरआदिवासीको अनावश्यक किचलो झिकिएको छ। विविधतायुक्त देशमा केही निश्चित जाति, जनजातिको एकल पहिचानका आधारमा राज्य हुनुपर्ने असम्भव माग राखिएको छ। एउटा जातिको नाममा राज्य हुँदा अर्कोको नाममा किन नहुने भन्ने आवाज पनि उठ्न थालेको छ। त्यसो हो भने सयभन्दा बढी जाति, ९० भन्दा बढी भाषा, दसभन्दा बढी धार्मिक समुदाय रहेको नेपालमा क-कसलाई राज्य बाँडेर साध्य होला? यसबाट देशमा जातीय सद्भाव कायम हुनेभन्दा पनि जातीय विद्वेष उत्पन्न हुने, जातीय सद्भाव खलबलिने खतरा हुन्छ।
जातीय राज्यको परिणाम सुडान, नाइजेरियाजस्ता देशहरुमा संघीयताका नाममा राष्ट्र विभाजित भएका उदाहरणहरु जिउँदै छन्। स्वीजरल्यान्डको 'आदर्श' अनुभवको नक्कल गर्न खोजे पनि स्वीजरल्यान्ड र हाम्रो विशिष्टता बेग्लै छ। संघीयताका सवालमा गलत बाटो हिँड्दा जातीय दंगा, साम्प्रदायिक विद्वेष निम्तिने खतरा हुन्छ। यसबाट हाम्रो अखण्डता र राष्ट्रिय एकता बिथोलिन्छ। त्यसैले हामीले हाम्रो संघीय संरचना आफ्नै विशेषता र विशिष्टतामा खोज्नुपर्छ।
एकल जातीय पहिचानसहितको राज्य कति सम्भव र सही हुनसक्ला? यतिखेर एउटै परिवार बहुजातीय छ, एउटै टोल गाउँमा भिन्नभिन्न जातीय समुदायको मिश्रित बसोबास छ। हाम्रो सामाजिक विशिष्टता नै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक छ। बहुलवाद र विविधता नेपाली पहिचान बनेको छ। त्यसैले नेपालको विशेषता विविधताबीचको एकता हो। नेपाली समाज सयौँ थुँगा फूलको संगम हो, सयौँ सुगन्धबाट सुवाषित छ नेपाली धरती। यस्तो विशेषता भएको नेपाललाई कसरी एकल जातीय पहिचानमा मात्र सीमित गर्न सकिन्छ? एउटा जातिको नाममा मात्र प्रदेशको नामकरण गर्दा दोस्रो, तेस्रो र अन्यले क्रमशः प्रदेशमा आफ्नो पहिचान खोज्न थाले भने कसरी व्यवस्थापन गर्न सकिएला? एकल जातीय पहिचानका केस्रा केलाउनतिर लाग्ने हो भने अर्को जाति, उपजाति, त्यसका हाँगाबिँगा खोज्दै जानुपर्ने हुनसक्छ।
नयाँ संविधानमा आफ्नो वर्ग र समुदायका अधिकार सम्बोधनका लागि यतिखेर विभिन्न जातीय समुदायदेखि विभिन्न क्षेत्रहरु, भूमिहीन किसानदेखि विभिन्न वर्गका जनता आन्दोलित छन्। आन्दोलन गर्नु सबैको अधिकारको कुरा हो। कतिपय आन्दोलनहरु गलत दिशातर्फ जाँदैछन्। अखण्ड सुदूर पश्चिमको माग उठाउँदा थारु समुदायको आवाजलाई रोक्न खोज्नु व्यावहारिक हुँदैन। खस समुदायले आफ्नो माग राखेर आवाज उठाउन सक्छ भने थारु समुदायले पनि आन्दोलन गर्नसक्छ। न नेवार र क्षत्री लड्न जरुरी छ, न मधेसी र पहाडी भिड्न उचित हुन्छ। सडकमा टायरको धुवाँमा जातीय पहिचानसहितको राज्य खोजिँदैछ। बिजुलीको लाइन काटेर अन्धकारमा अखण्ड प्रदेश छामछुम गरिँदैछ। निरन्तर बन्द र हडतालबाट प्रताडित बिरामी र बिचल्लीमा परेका यात्रुहरुको चिच्याहटमा आफ्ना अधिकार खोजिँदैछ। यसरी दिग्भ्रमित हुँदा आन्दोलनले लक्ष्य प्राप्त गर्न पनि सक्दैन र राष्ट्रले पनि ठूलो क्षति बेहोर्नुपर्छ। त्यसैले जातीय सद्भाव नखबलियोस्, आन्दोलनले बाटो नबिराओस्, लक्षित जनतालाई नै सास्ती दिने काम नगरोस् भन्ने आन्दोलनरत पक्षले महसुस गर्नु जरुरी छ। तब नै आन्दोलनले लक्ष्य प्राप्त गर्न सक्छ।
पाँचबुँदे सहमतिले राजनीतिक दलहरुबीच रहेको सत्ता साझेदारीको जटिल मुद्दालाई एक हदसम्म व्यवस्थापन गरेको छ। फेरि पनि विरोधका स्वर चर्किरहेकै छन्। तैपनि चौतर्फी आन्दोलनका राँका बलिरहेका छन्। सार्वजनिक भएको नक्साअनुसार कतिपय जिल्ला विभाजित हुने कुराले नयाँ असन्तुष्टिहरु पैदा भएका छन्। जम्बो सांसद संख्याले सबैलाई चिढ्याएको छ। स्थानीय सरकारका सम्बन्धमा ठोस कुरा नआउनु अर्को बिडम्बना हो। यस्ता केही कुरा सच्याएर संविधान जारी गर्ने कुरामा दलहरु गम्भीर हुनैपर्छ। जनताका न्यायोचित आवाज व्यवस्थापन गर्दै अब आन्दोलनको आगो निभाउने र संविधान जारी गर्नमा केन्द्रित हुनु अहिलेको आवश्यकता हो। घर जलिरहेको बेला ठूलो खाटमा को सुत्ने भनेर झगडा नगरौँ, पहिले पानी छ्यापेर घर त जोगाऊँ!
अर्को समाचार
‘संविधान बनाऊँ, १५ दिनमै छाडिदिन्छु'
१६ जेष्ठ २०७२
•
७ मिनेट पाठ
‘संविधान बनाऊँ, १५ दिनमै छाडिदिन्छु'
काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले संविधान बने आफू एकछिन पनि कुर्सीमा नबस्ने बताएका छन्। सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी एकीकृत माओवादी नेतृत्वसँग शुक्रबारको छलफलबारे शनिबार बालुवाटारमा पार्टी पदाधिकारी र मन्त्रीहरू सम्मिलित बैठकमा जानकारी दिँदै कांग्रेस सभापतिसमेत रहेका कोइरालाले आफू प्रधानमन्त्री पद त्याग्न आतुर रहेको जनाउ दिएका हुन्। संविधान नबनी पद नछाड्ने पनि उनले प्रस्ट पारेका छन्।‘असारसम्म किन कुर्ने?,' कोइरालाले दुई दलका प्रमुखलाई स्पष्ट पार्दै भनेको बैठकमा सुनाएका थिए, ‘१५ दिनभित्रै संविधान बनाऊँ, त्यसपछि म प्रधानमन्त्री पदमा रहन्नँ।'

शुक्रबारको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोइरालालाई असारभित्र संविधान बनाउने प्रस्ताव गर्दै त्यसपछि राष्ट्रिय सहमति सरकार गठनका लागि बाटो छाडिदिन आग्रह गरेका थिए।
दलीय सहमतिमा छोटो बाटोबाट, छिटो संविधान निर्माण गर्नुपर्ने आफूले सुझाएको कोइरालाले पदाधिकारीसमक्ष राखे। उनले समयमै संविधान निर्माण गर्ने साझा संकल्पलाई पूर्णता दिन एमाले र एमाओवादी नेतृत्वसँग आग्रह गरेको पनि बैठकमा सुनाए। 
शुक्रबारको बैठकमा ओली र दाहालले असारभित्र संविधान जारी गर्ने मिति तोक्न कोइरालालाई दबाब दिएका थिए।
‘असारभित्र संविधान जारी गर्ने गरी मिति तोक्न उहाँहरू (एमाले र माओवादी अध्यक्ष) ले आग्रह गर्नुभएको थियो,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले नागरिकसँग भने, ‘संविधान निर्माण गरेपछि सरकार छाड्ने बताउँदै आएको छु, १५ दिनभित्रै संविधान बनाऊँ, असार किन कुर्ने भनँे, उहाँहरू संविधान निर्माणमा सकारात्मक हुनुहन्छ।'
प्रमुख दलबीच माघ ८ भित्रै संविधान जारी गर्ने सहमति यसअघि पालना नभएको स्मरण गराउँदै कोइरालाले दुई नेतालाई पुनः संविधान जारी गर्ने मिति तोकेर दोष आफू लिन तयार नरहेको जनाउ दिएका थिए। 
संविधान निर्माण र पुनर्निर्माणलाई प्राथमिकतासाथ अघि बढाउन एमाले र एमाओवादी पनि सकारात्मक रहेको कोइरालाको भनाइ थियो। संविधान निर्माणपछि मात्र राष्ट्रिय सरकार र पुनर्निर्माणको काम अघि बढाउने विषयमा ओली र दाहालसँगको छलफल सकारात्मक रहेको पनि प्रधानमन्त्री कोइरालाले सुनाए। 
विपत सामना गर्न सबै दललाई सँगसँगै लिएर अघि बढ्न कांग्रेस बाधक नहुने बताउँदै प्रधानमन्त्री कोइरालाले संविधानका विवादित विषयमा दलीय सहमति जुटेका विषयलाई मस्यौदा समितिमा पठाउन र बाँकी विषयमा सहमति खोज्न आग्रह गरेको पनि पार्टी पदाधिकारी र मन्त्रीलाई सुनाएका थिए। 
संविधान जारी हुँदासम्म कांग्रेस नेतृत्वमा सरकार रहने एमालेसँग प्रारम्भिक रूपमै सहमति भएको जनाउँदै निधिले भने, ‘संविधान जारी भइसकेपछि नेतृत्व छाड्न तयार रहेको प्रधानमन्त्रीले बताउँदै आउनुभएको छ।'
समयमै संविधान निर्माण गर्नु राष्ट्रिय साझा संकल्प भएको भन्दै पार्टी पदाधिकारी र मन्त्रीहरूको शनिबारको बैठकले त्यसका लागि सम्पूर्ण प्रयत्न गर्ने निष्कर्षसमेत निकालेको छ। 
तत्काल संविधान निर्माणलाई निष्कर्षमा पुर्यानउन संविधानसभाभित्र र बाहिर पनि अग्रसरता लिने बैठकको मत छ। कांग्रेसले छोटो बाटोबाट छिटो संविधान निर्माणका लागि अग्रसरता लिने निचोडसमेत निकालेको छ।
‘संविधान निर्माणका लागि सहमतिसाथ जानुपर्छ, यसका निम्ति आवश्यक पर्छ भने सहमतीय सरकार गठन गर्ने हाम्रो पार्टीले पहिलेदेखि नै भनेको हो,' कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, ‘तर संविधान निर्माण आधारभूत र प्राथमिक कुरा हो।'
संविधान निर्माण गरेर जारी संक्रमणकाल छोट्याउँदै सम्पूर्ण शक्ति पुनर्निर्माण र पुनःस्थापनामा लगाउनुपर्ने बताउँदै बडूले भने, ‘फास्ट ट्र्याकबाट संविधान निर्माण गर्न सम्पूर्ण प्रयत्न गर्नेछांै।'
प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसहितका दलहरूसँग संविधान निर्माणको विषयलाई नै केन्द्रमा राखेर छलफल अघि बढाउने जानकारी दिँदै बडूले भने, ‘सम्पूर्ण प्रयत्न संविधान निर्माणमा केन्द्रित गर्नेतर्फ सबै पार्टी एक ठाउँमा पुग्नेमा हामी आशावादी छौं।'
प्रमुख दलहरूबीच नयाँ संविधानमा शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणाली कस्तो हुने भन्नेमा मोटामोटी सहमति जुटे पनि संघीयताको विषयमा सहमति भइसकेको छैन। प्रदेश संख्या, सीमांकन र नामांकनमा प्रमुख दल आ–आफ्नै अडानमा छन्।
प्रमुख दल बैठक स्थगित
संविधानका विवादित र संविधानसभा बैठक सञ्चालनका विषयमा छलफल गर्न शनिबार साँझ डाकिएको बैठक आइतबारसम्म स्थगित भएको छ। आइतबार बस्ने प्रमुख दलको बैठकले संविधानका अन्तर्वस्तुमा दलीय सहमति जुट्न बाँकी विषय र संविधानसभा बैठक सञ्चालनबारे सहमति प्रयास गर्ने जनाइएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस