उपेन्द्र लामिछाने, वीरगञ्ज, चैत १५ - नेकपा एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले एकिकृत माओवादीलाइ सरकारको नेतृत्व गर्नु छ भने बहुमत पुर्याएर आउन सुझाब दिएका छन्। सवैभन्दा ठूलो पार्टीको हैसियतले संविधान सभामा रहेका उसलाई सरकारमा जान कसैले नरोकेको भन्दै यसको लागी उसको आफ्नै व्यवहार बाधक बनेको सुनाए।
'न बहुमत पुराउन सक्छ, न कसैको समर्थन चाहन्छ ', बाराको सिमरा विमानस्थलमा आईतबार संचारकर्मीसँग कुरा गर्दे उनले भने - 'माओवादी बलजफ्ती सरकारमा जान खोजिरहेको छ।' माओवादीले अझै पनि संवैधानिक बाटोमा आइनसकेको बताउदै उसले बलजफ्ती र कब्जाको नीति अंगालिरहेको आरोप लगाए।
सरकार कब्जा गरेर सत्ता कब्जा गर्ने माओवादीको रणनीति रहेको उनको भनाइ थियो। 'साईकल कब्जा ,गाडी कब्जा , जग्गा कब्जा , उद्योग कब्जा ', उनले थपे - 'सरकार कब्जा त्यसपछि सत्ता कब्जा।'
माओवादीमा अझैपनि हिंसाको नीतिको निरन्तरता रहेको बताउँदै ओलीले त्यो विचारको अन्त्य नभएसम्म उ प्रति दलहरुको विश्वास नरहने बताए। 'राजनितिक पार्टी हतियारधारी हैन , विचारधारी हुनुपर्छ ', उनले भने - 'त्यसैले पहिला त्यसको व्यवस्थापन गर्नु जरुरी छ। '
जेठ १४ गतेभित्र संविधान नलखिएको त्यसको ठूलो जिम्मेबार एकिकृत माओवादी रहने उनको दावी छ। 'संविधान सभामा एक तिहाई भन्दा बढी सिट रहेको हैसियतले संविधान बनाउने नबनाउनेमा उसको बढी भूमिका रहने छ ', उनले भने - 'बनेन भने ठूलो दलको हैसियतले जनतामाझ उसले पहिलो जवाफ दिनु पर्छ।'
संविधान सभामा माओवादीको हैसियत एक तिहाई भन्दा बढी भएकाले उसको सहयोग विना संविधान जारी हुन नसक्ने उनले सुनाए। एक तिहाई भन्दा बढी सिट उसको नभएको भए उसले कराउदै गर्दा दलहरुले संविधान जारी गर्थे', उनले भने - 'तर अहिलेको परिस्थिति त्यस्तो छैन । एमाले नेता ओली रौतहटको गरुडामा कार्यकर्तालाई प्रशिक्षण दिन आएका हुन्।