व्यवस्थापिका संसद्को बैठक बसेपछि राष्ट्रपतिले संवैधानिक प्रावधानअनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु गरिसकेका छन्। नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम 'राजनीतिक सहमति'का आधारमा सरकार गठन गर्ने समय तोकेका थिए।सहमतिका आधारमा सरकार गठन हुनसकेको भए राम्रै हुन्थ्यो। सहमति कायम हुन नसकेपछि धारा ३८ को उपधारा (२) अनुसार बहुमतको सरकार गठन गर्ने प्रावधान छ। व्यवस्थापिका संसद्मा अहिले कुनै दलको बहुमत छैन। केही दलले सत्तामा नजाने जानकारी सार्वजनिकरूपमै दिइसकेका छन्। यस अवस्थामा बहुमतको संयुक्त सरकार गठन गर्नुको विकल्प छैन। संसद्मा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकाले यही पार्टीको नेतृत्वमा भावि सरकार गठन हुने स्वाभाविक अनुमान गरिएको छ। संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) सरकारमा सामेल हुँदा सजिलै स्पष्ट बहुमत पनि पुग्छ। कांग्रेसको नेतृत्वमा एमाले सम्मिलित सरकार गठन भएमा राजनीतिक स्थिरता कायम भई संविधान निर्माणको कार्यभार पनि सहज हुनसक्छ। तर, सरकार गठनको स्पष्ट रूपरेखा भने अझै देखापरेको छैन। यसैले सन्देह बढेको हो।
कांग्रेस र एमालेका बीचमा सत्ता साझेदारी हुने भएपछि राजनीतिका यी पुराना प्रतिस्पर्धी खेलाडीबीच चर्को मोलतोल हुनु अस्वाभाविक होइन। त्यसमाथि दुवै पार्टीमा विभिन्न नेताका गुटहरू समानान्तर पार्टीका रूपमा रहेकाले सत्तामा आन्तरिक सन्तुलन मिलाउनुपर्ने बाध्यतालाई पनि होला। तर, एमालेका नेताले भने बढी नै धुर्की र धम्की दिन थालेका छन्। तिनले पहिले राष्ट्रपतिको पदावधिको किचलो निकाले। संविधानमा स्पष्ट किटान भएको विषयमा त्यस्तो किचलो ननिकालिएको भए नै बेस हुन्थ्यो। त्यसपछि सबैजसो नेताले कांग्रेस र एमालेले संसद्मा 'हाराहारी' स्थान पाएकाले 'सम्मानजनक' सत्ता साझेदारी हुनुपर्नेजस्ता धारणा प्रकट गरिरहेका छन्। यस्तो अभिव्यक्तिलाई पनि अन्यथा लिनु जरुरी छैन तर त्यो सम्मानजनक साझेदारी भनेको के हो? रोजेको मन्त्रालय भनेको हो कि? राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता प्रमुख पदमा भाग खोजेको हो कि? बेलाबखत पालैपालो सरकारको नेतृत्व गर्नेजस्ता 'सगुफा' पनि एमाले नेताहरूले छाड्ने गरेका छन्। सत्ता साझेदारीका लागि एमालेको पहिलो सर्त त्यही नै हो कि? अर्कातिर, कांग्रेसका तर्फबाट पनि स्पष्ट र पारदर्शी प्रस्ताव प्रस्तुत भएको छैन।
एमालेले निकट भविष्यमा पार्टीको महाधिवेशन गर्दैछ। त्यसका एक जना नेताले सार्वजनिकरूपमै पार्टीमा प्रमुख नेताको भागबन्डा मिलाउन राष्ट्रपति पद अहिले नै रिक्त गराउनुपर्ने धारणा प्रकट गरेका छन्। त्यही कारणले अहिले विवाद निकालिएको हो भने त्यो उचित होइन। पार्टीभित्रका गुटहरूको सन्तुलन मिलाउन यसरी सिंगो मुलुकलाई बन्धक बनाउनु हुँदैन। यस्तै, एउटा पार्टीको गुट विशेषसँग अर्को पार्टीको पनि गुटगत सम्पर्क र वार्ता हुने चलन पुरानै हो। संविधान सभाको अगिल्लो कार्यकालमा एमालेका एक जना नेताले कांग्रेससँग मिलेर सरकार चलाए भने अर्का नेताले माओवादीको सहयोगमा सरकारको नेतृत्व गरे। त्यस्तै खेल दोहोर्याउन खोजिएको हो भने त्यो देशका लागि दुर्भाग्य हुनेछ। एनेकपा (माओवादी)ले सरकारमा नजाने धारणा दोहोर्याइरहेको छ। यस अवस्थामा कांग्रेस र एमालेले अमूर्त जालेमाले मोलतोलमा समय फाल्न लाभदायी हुँदैन। यसैले दुवै पार्टीले आआफ्ना अडान स्पष्ट शब्दमा सार्वजनिक गर्नुपर्छ। कसको अर्घेलो हो भन्ने जनताले थाहा पाउनुपर्छ। सत्ता साझेदारी गर्नुपर्दा धेरै खोज्नु अस्वाभाविक होइन तर त्यसलाई गोप्य राख्नु भने अनुचित हो। यसैले पार्टीहरूले आधिकारिक वार्ता टोली बनाएर वार्ता गर्नुपर्छ र वार्ताका सर्त र सहमति पारदर्शी पनि बनाउनुपर्छ। देशलाई धेरै समय अन्योलमा राख्नु सबैका लागि प्रत्युत्पादक हुनेछ।