संविधानविदहरूको सुझाव–‘पहिले संविधानको आधारभूत सिद्धान्त बनाऊ'
२२ वैशाख २०७१
•
१० मिनेट पाठ
संविधानविदहरूको सुझाव–‘पहिले संविधानको आधारभूत सिद्धान्त बनाऊ'
काठमाडौं-आधारभूत सिद्धान्त तय गर्न नसक्दा यसअघि संविधान निर्माणमा असहजता उत्पन्न भएको बताउँदै संविधानविदहरूले पहिले यसको गृहकार्यमा लाग्न संविधानसभालाई सुझाव दिएका छन्।संविधानसभाको संविधान मस्यौदा समितिले सोमबार गरेको छलफलमा सहभागीले सिद्धान्त तय हुन नसके संविधान जीवन्त नहुने बताए। संविधानविद एवं पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले भारत र दक्षिण अफ्रिकाको उदाहरण दिँदै नेपालमा पनि आधारभूत सिद्धान्त तय नगर्ने हो भने समस्या पर्ने सुझाएका थिए।
‘दक्षिण अफ्रिकामा ३६ र भारतमा १६ बुँदे आधारभूत सिद्धान्त तय गरिएको थियो,' उनले भने, ‘नेपालमा पनि यस्तै आधारभूत सिद्धान्त तय गर्न नसके मस्यौदा समितिले संविधान लेखन पूरा गर्न सक्दैन।' मस्यौदा समितिभन्दा बाहिर पनि छुट्टै प्राविधिक समिति बनाएर लेखनको जिम्मा दिनुपर्ने उनले बताए।
‘समाजवादी, उदारवादी वा अन्य कुन वैचारिक अवधारणाअन्तर्गत राज्य सञ्चालन हुनेछ? यस सम्बन्धमा सिद्धान्त तय नगरी राज्यले ग्रहण गर्ने अर्थतन्त्रका व्यवस्था/प्रावधान, प्रशासन, नागरिकका अधिकार/कर्तव्य र प्रतिनिधिका जिम्मेवारीबीच सामञ्जस्यता कायम गर्न कठिन हुन्छ,' उनले भने, ‘राज्यले ग्रहण गर्ने सार्वजनिक खर्च र राजस्वको ढाँचा कस्तो हुन्छ? यसबारे संविधानले स्पष्ट गर्न सकेन भने यसअन्तर्गत तय हुने कानुन कार्यान्वयन हुन सक्दैन।'
संग्रौलाले राज्यले प्रदान गर्ने नागरिकताको आधार पनि प्रस्ट हुनुपर्ने बताए। ‘राज्यले प्रदान गर्ने नागरिकताको आधार के हुन्छ?' उनले भने, ‘माटोसँगको सम्बन्ध, आमाबाबुसँगको सम्बन्ध वा व्यक्तिको चाहना?'
राष्ट्रिय सुरक्षाको आधारभूत नीति के हुने? सुरक्षा संरचनाको सहयोगले सार्वभौमिकताको रक्षा गर्ने वा तटस्थताको नीति अवलम्बन गर्ने? राष्ट्रिय प्राकृतिक स्रोत सञ्चालनमा सार्वभौमिकता प्रयोग गर्ने वा साझेदारी गर्ने? जमिनको व्यवस्थापन राज्यले गर्ने वा व्यक्तिलाई दिने? जमिनलाई व्यापारिक वस्तु बनाउने वा नबनाउने? यस सिद्धान्तको निराकरण नगरी मौलिक हकको व्यवस्था गर्न कठिन हुने सुझाव उनले समितिलाई दिएका थिए।
‘राज्यको निजामती सेवा प्रयोगकर्ता हो वा जनतालाई सेवा प्रदान गर्न गठन गरिएको संयन्त्र हो?' उनले भने, ‘यसको निराकरण नगरी नागरिकले स्वतन्त्रता प्रयोग गर्न सम्भव हुँदैन।'
उनले निजामती कर्मचारी र राज्यबीचको सम्बन्ध करारका आधारमा गर्नुपर्ने सुझाव दिए। ‘निजामती कर्मचारीलाई काम नगरेको आधारमा हटाउनसक्ने व्यवस्था हुनुपर्छ,' संग्रौलाले भने, ‘काम गर्नेलाई बढी सुविधा र नगर्नेलाई हटाउने प्रावधान हुनैपर्छ।'
उनले आधारभूत सिद्धान्तमा स्पष्टता प्राप्त नगरी बनेको संविधानको आयु लामो नहुने भएकाले बेलैमा सोच्न सभासदहरूलाई सुझाएका थिए। ‘संविधानसभाको पहिलो कर्तव्य सिद्धान्तहरूको निर्माण गर्नु हुन्छ,' उनले भने, ‘यी सिद्धान्तलाई आधारभूत मार्गनिर्देशन भनी संविधान मस्यौदाको कार्य प्रारम्भ गरिनुपर्छ।'
संविधानविद् काशिराज दाहालले पनि मस्यौदा नै सिद्धान्तमा आधारित हुने भएकाले सिद्धान्त तय नगरी मस्यौदा निर्माण नगर्न सुझाव दिए। उनले नेपालको संविधानसभा सार्वभौम भएकाले त्यसले गर्ने काम मूल्यांकन गर्न कुनै समिति आवश्यक नभए पनि विदेशमा भने संविधानसभा तय गरिएको सिद्धान्तका आधारमा अघि बढेको छ या छैन भनी हेर्ने छुट्टै संयन्त्र हुने बताएका थिए।
उनले मस्यौदा मात्र बनाउने समिति हो भने कुनै अर्को उपसमितिको जिम्मा लगाइदिन समेत सुझाव दिए। ‘यो समिति ड्राफ्टिङ मात्रै हो भने कुनै प्राविधिक समितिलाई जिम्मा दिए हुन्छ,' उनले भने, ‘होइन भने राजनीतिक सहमतिलाई मस्यौदा बनाउँदा डेडलक सिर्जना हुन सक्छ। त्यसबेला सिद्धान्त महत्वपूर्ण हुन्छ। मस्यौदामा शब्द कम राखेर यसले भन्न खोजेको यस्तो हो भन्ने खालका शब्द चयन गर्नुपर्छ।'
उनले स्थानीय सरकारको प्रावधान संविधानमा जसरी पनि राख्न सुझाव दिए। व्यवस्थापिकाको संख्या तय गर्दा जनसंख्या र भुगोललाई आधार बनाउनुपर्ने उनले उल्लेख गरे। 
सभासदहरूले भने संविधानका आधारभूत सिद्धान्त बुँदागत रूपमा तय नगरे पनि केही विषयमा स्पष्ट भएर काम थालेको बताएका थिए।
‘हामीले नागरिकता कुन आधारमा प्राप्त गर्ने, जमिनको स्वामित्वलगायत विषय टुंगो लगाइसकेका छौं,' कांग्रेस सभासद गगन थापाले भने, ‘मस्यौदा निर्माणमा हामी कहाँबाट अघि बढ्न सकिन्छ भन्ने सुझाव खोजेका हौं।'
एमालेका कृष्णभक्त पोखरेलले संविधान गीता नभई सहमतिको दस्तावेज भएकाले संशोधन गर्न सकिने भन्दै केही आधारभूत सिद्धान्त तय भएको बताएका थिए।
एमाले नेता प्रकाश ज्वालाले पनि संविधान निर्माणका सिद्धान्त तय भइसकेको बताए। ‘बुँदागत रूपमा नभए पनि विभिन्न ढंगले सिद्धान्त तय भइसकेका छन्,' उनले भने, ‘अहिले हामी जहाँ आइपुगेका छौं, त्यहीँबाट अघि बढेर जानुपर्छ।'
कांग्रेसका महेन्द्र यादवले पनि संघीयता, लोकतन्त्र र गणतन्त्र नै आधारभूत सिद्धान्त भएको स्पष्ट पारे। उनले यी विषय निर्देशक सिद्धान्तमै रहेकाले यसभन्दा बाहिर गएर राजतन्त्रको पक्षमा बोल्ने कमल थापाको पार्टी र संघीयताविरुद्ध बोल्ने चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चालाई कारबाही गर्न माग गरे। 
संविधानसभा मस्यौदा समितिले संविधानको मस्यौदा निर्माणका विषयमा सम्बन्धित विज्ञसँग सल्लाह गर्ने नीतिबमोजिम सोमबारबाट सुझाव माग गरेको हो। समितिले संविधान निर्माणका सिद्धान्त र अवधारणा, संविधान निर्माणमा अन्तर्राष्ट्रिय अनुभव, संविधान मस्यौदाका विधि र प्रक्रिया, २०४७ सालको संविधान निर्माणको अनुभव, २०६३ सालको अन्तरिम संविधानका मस्यौदाकारको अनुभव, २०६४ पछि संवैधानिक समितिमा रहेका विज्ञहरूसँग छुट्टाछुट्टै छलफल गर्नेछ।
प्रतिवेदन तयार 
संवैधानिक–राजनीतिक संवाद तथा सहमति उपसमितिले सरकारसँग विभिन्न समयमा भएका सहमतिलाई संविधानमा समावेश गर्न सकिने गरी प्रतिवेदन तयार गर्न सचिवालयलाई दिएको काम सम्पन्न गरेको छ। सरकारले विभिन्न समयमा गरेका १ सय १ सहमति तथा सम्झौता हेरेर सचिवालयले ६१ बुँदा संविधानमा समावेश गर्न सकिने प्रतिवेदन बुझाएको हो।
कांग्रेस नेता पूर्णबहादुर खड्का नेतृत्वको उपसमितिले सचिवालयलाई प्रतिवेदन बनाउने जिम्मा दिएको थियो। सचिवालयले प्रारम्भिक प्रतिवेदन पेस गरेको सचिवालयका प्रवक्ता एवं समिति सचिव मुकुन्द शर्माले जानकारी दिए।
त्यस्तै उपसमितिको सोमबार बसेको बैठकले विभिन्न समयमा सरकारसँग भएका वार्तामा गरिएका मागको प्रति पठाइदिन शान्ति तथा पुनर्निर्माण मन्त्रालयसँग आग्रह गरेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस