संविधान कार्यान्वयनका आठ वर्ष: १ सय ८० कानुन बनाउनै बाँकी
०३ असोज २०८०
•
५ मिनेट पाठ
संविधान कार्यान्वयनका आठ वर्ष: १ सय ८० कानुन बनाउनै बाँकी
संविधानले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएको छ। सरकारले संसद्मा विधेयक ल्याउने र संसद्ले विधेयक पारित गर्ने संविधानको व्यवस्था हो। 




संसद्ले सरकार बनाउने सरकारले संसद्लाई बिजनेस दिने संसदीय प्रक्रिया हो। सरकारले संसद्लाई असहयोग गर्दाको परिणामले कानुन प्रभावित बन्न पुग्दछन्। संसदबाट बहुमत प्राप्त गर्ने व्यक्ति प्रधानमन्त्री हुन्छ। सत्तारुढ दलले चाहेमा संसद्मा जुनसुकै विधेयक पारित हुन सक्छन्। सरकारले चाहेन भने बर्षौसम्म विधेयक अड्काएर राख्न सक्छ।

तर, शक्तिको आडमा विधेयक समयमा पारित नगर्ने, संसद्मा अड्काएर राख्ने कार्यले संसदीय व्यवस्थालाई व्यंग गर्दछ। हरेक कुरामा चाहिने भन्दा राजनीतिकरण गर्नुले मुलुकलाई ठिक ठाउँमा पुर्‍याउन सक्दैन भन्ने विश्लेषण छ। कानुन प्रभावित भएपछि सिस्टम प्रभावित हुने गर्दछ। वर्तमान समयमा आइपुग्दा संविधान २०७२ असोज ३ गते जारी भएपछि दुई वटा संसदीय निर्वाचन भएका छन्। तर, संविधान बमोजिम १ सय ८० कानुन बनाउन बाँकी छ। 

संघीय सरकारले स्थानीय र प्रदेश सरकारका क्षेत्राधिकारका विषयवस्तुसँग सम्बन्धित ऐन कानुन बनाउन नसकेका कारण स्थानीय र प्रदेश सरकारको स्वायत्तता प्रभावित भइरहेको परिस्थिति छ। छाता ऐनको रुपमा रहेका शिक्षा, निजामती, प्रहरी लगायत संघीय ऐन बन्न नसक्दा प्रदेश र स्थानीय तहले कानुन बनाउन सकेनन्।

शक्तिको आडमा संसद्लाई बेकामे बनाउने काम भयो। जसका कारण संसद्ले आवश्यक कानुन बनाउन सकेन। संघीय सरकार र प्रदेश सरकार अस्थिर भए स्थानीय सरकार मात्र स्थिर हुन पुग्यो। शक्तिको आडामा संसद्ले कानुन निर्माण गर्न नसक्ने अध्यादेशबाट शासन संचालन गर्न खोजिने, संसद् नै विघटन हुने जस्ता गतिविधि यसबिचमा भए। जसका कारण कानुन निर्माणको पक्ष कमजोर  बन्यो।

संविधान बनेको आठ वर्ष बितेको अवस्थामा झन् झन् समस्या देखिने गरेपछि संविधान कार्यवान्को अवस्था के हो भन्ने विषयमा अध्ययन गर्नुपर्ने अवस्था आइरहेको छ।

कानुनविद् राधेश्याम अधिकारीले संविधान कति लागू गर्न सकियो कति सकिएन यसबारे पाँच बर्षभित्रै कार्यदल बनाएर अध्ययन गर्नु पर्ने थियो तर, गरिएन भन्दै कमजोरी औँल्याए। उनले भने, 'अहिले आठ वर्ष पुगेको छ। अबै भए पनि अध्ययन गरेर निष्कर्ष निकाल्न संविधान कार्यान्वयन कार्यदल बनाउने र दुई तिन वर्षको अध्ययन गरेर प्रतिवेदन दिनुपर्ने अवस्था आएको छ।' कार्यदल प्रतिवेदनले गणतन्त्र, लोकतन्त्र, समावेशिता, सङ्घीयतालाई केन्द्रमा राखेर प्रतिवेदन दिनुपर्ने उनले बताए।

संसद्मा पछिल्लो समयमा पनि कानुन निर्माणलाई महत्त्व दिइएको छैन। संसद्का समितिमा रहेका कानुनहरूलाई अघि बढाउने कुरामा सरकारले महत्त्व दिन सकेको छैन।

संघीय सरकार गठबन्धनबाट बनेको छ, जसका कारण गठबन्धनमा समस्या नआउन्जेल यो सरकार टिकी रहनेछ। समस्या आएपछि सरकार ढल्ने छ। सरकार बन्ने र ढल्ले गर्दा राजनीतिक द्वन्द्व बढ्दै जान्छ, जसले संसद्मा कानुन निर्माणदेखि अन्य काम प्रभावित हुन पुग्दछन्। संसद्मा आएका कानुनलाई जुनसुकै दल सरकारमा पुगे पनि राष्ट्रिय महत्वका साथ हेरिनु पर्ने अथवा सांसदहरूलाई कानुन बनाउने कार्यबाट दलीय प्रभावबाट अलग गर्नुपर्ने जस्ता कुराले कानुन निर्माण प्रभावित बन्न सक्दैनन्।

प्रदेश निर्वाचन भएको एक वर्षसम्म पनि कोसीमा स्थायी र टिकाउ सरकार बन्न सकेको छैन। सभामुखको दुरुपयोग गर्ने काम कोशी प्रदेशमा भयो। अन्य प्रदेशले पनि आवश्यकता अनुसारको कानुन बनाउने सकेका छैनन्। जसले प्रदेश सभाको बैठक औपचारिकतामा सीमित हुने गरेको देखिन्छ। स्थानीय तहको पनि कानुन बनाउने अधिकार छ, तर संघीय कानुन बनेपछि मात्र उनीहरुलाई कानुन बनाउने बाटो खुल्ने छ, स्थानीय तहको संसद्मा पनि संसदीय समिति गठन गर्ने, अधिवेशन बोलाउन जस्ता काम गर्ने अधिकार छ।

संविधानले व्यवस्था गरेका विषयलाई बिस्तारै कार्यान्वयन गर्दै लैजानुपर्ने अवस्थामा दलहरूले ध्यान नदिनाले अब संविधान कहिले कार्यान्वयन हुनसक्छ भन्ने प्रश्न उठेको छ।

कानुनविद् रामनारायण विडारी भन्छन्, ‘संविधान बमोजिमका सबै संरचना बनेका छन्। संरचना भित्रका संयन्त्रले काम गर्न नसक्नु भनेको संविधान असफल भएको होइन। सत्तारुढ दलले काम गर्न दिएनन् भनेर संसद् दोषी भन्न मिल्दैन केही नमिलेका विषयमा संविधान संशोधन गर्न सकिन्छ।’ सरकारले गल्ती गरेमा संसद्ले अविश्वासको प्रस्ताव ल्याएर हटाउन सक्ने, अदालतले गल्ती गरेमा महाभियोग लगाएर हटाउन सक्ने, संसद्ले गल्ती गरेमा आम चुनावबाट कारबाही गर्न सक्ने कुराको पालनाले संविधान बलियो बनाउने उनको तर्क छ।  

संवैधानिक परिषद्, न्याय परिषद् औचित्य हीन बनेको छ, संविधान बमोजिम थुप्रै ऐन बनाउन बाँकी छ। संविधानलाई चाहेर हो कि नचाहेर हो, राजनीतिक मेल भएन की यसबारे ध्यान दिनुपर्ने अवस्था आएको कानुनविद् अधिकारीको भनाई छ।

प्रदेशमा सांसद संख्या बढी छन्। न्याय परिषद्, संवैधानिक परिषद्, महाभियोग, संसदीय सुनुवाइका कुरा अझ परिमार्जित गर्नुपर्ने छन्। निर्वाचन प्रणालीमा पनि संशोधन गर्नुपर्ने कुरा छ। राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ जस्तो भयो, प्रतिनिधिसभाले जे गर्छ त्यो गर्ने, जे गर्दैन त्यो नगर्ने काम मात्र गरेकाले राष्ट्रियसभाको औचित्य घट्दै गएको छ। 

राष्ट्रियसभा पूर्ण समानुपातिक बनाउने, संख्या ९९ राख्नुपर्ने, त्यसको काम कर्तव्य अधिकारमा पुनर्लेखन गर्नुपर्ने, सरकार बनाउने काम प्रतिनिधिसभाले मात्र गर्ने, प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित बनाऔं। समानुपातिक १ सय १० सिट घटाएर प्रत्यक्ष तर्फको १ सय ६५ सिटको प्रतिनिधिसभा बनाऔँ भन्ने विषयमा बहस भइरहेको अर्का कानुनविद् विडारीको तर्क छ। 

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको झण्डै दुई तिहाइको सरकार तत्कालीन पार्टी  नेकपाको आन्तरिक द्वन्द्वका कारण एउटै पार्टीका नेता सरकारमा र सडकमा पुगेका थिए। पार्टीको आन्तरिक द्वन्द्वका कारण नै दुई पटक संसद् विघटन हुन पुग्यो। संविधानमा संसद् विघटन गर्ने कुरा कल्पना गरिएको छैन तर, विघटन हुनलाई कसरी लिने यस्तो कार्य अब हुन्छ कि हुँदैन जस्ता प्रश्नहरू उब्जिएका छन्।

प्रतिनिधिसभा विघटन भएपछि पुर्नस्थापनाका लागि नेकपाकै अर्को समूह सडकमा आन्दोलन गर्न थाल्यो, संसद् पुनर्स्थापना भए पनि संसद्ले काम गर्न सकेन फेरि संसद् विघटन भयो। दोस्रो पटक पुन: स्थापना भएको संसद्मा सरकारमा रहेको दल प्रतिपक्षमा प्रतिपक्षमा रहेको दल सरकारमा पुग्यो।
अर्को समाचार
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
७ मिनेट अघि
•
१ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
फाइल तस्बिर
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 




उनले सडक पूर्वाधारलाई उद्योग, पर्यटन, कृषि र उत्पादनसँग जोड्नुपर्नेमा जोड दिएका हुन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै गजुरेलले सडक निर्माणमा ठुलो बजेट खर्चिए पनि त्यसले देशको उत्पादन र रोजगारीमा कति योगदान पुर्‍याएको छ भन्ने विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने बताएका हुन्।

उनले हिजो पनि विकास भनेको सडक निर्माण हो भन्ने बुझाइ रहेको र अहिले पनि त्यही सोच कायम रहेको उल्लेख गरेका छन्।

‘सडक पूर्वाधारको पनि पूर्वाधार हो, यसमा दुई मत छैन,’ उनले लेखेका छन्, ‘तर निर्माण भएका वा निर्माणको योजनामा रहेका सडकले नेपालमा उत्पादन बढाउन सहयोग गरेका छन् कि छैनन् भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ।’

गजुरेलले सडक निर्माणले उद्योग स्थापना र लगानीकर्तालाई आकर्षित गर्न सकेको छ कि छैन भन्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए। उनका अनुसार सडकले राज्यको ढुकुटी बलियो बनाउन सहयोग गर्नुपर्छ। राज्यको आम्दानी नबढेसम्म विकास सम्भव नहुने उनको भनाइ छ।

विगतमा यस्ता विषयमा ध्यान नदिँदा देशको लगानीले अपेक्षित प्रतिफल दिन नसकेको उनले बताएका छन्। सडक निर्माणलाई नै विकास ठान्नुभन्दा सडकले उत्पादन बढाउन कस्तो भूमिका खेल्छ भन्ने विषयमा गहिरो विश्लेषण गर्नुपर्ने उनको भनाइ छ।

‘उत्पादन क्षेत्रले रोजगारी सिर्जना गर्छ। श्रम देशमै सिर्जना हुन्छ,’ उनले लेखेका छन्।

सभापति गजुरेलले सडकमा बजेट पर्दा मतदाता खुसी हुन्छन् भन्ने सोचका आधारमा पुरानै गल्ती दोहोर्‍याउन नहुने बताए। सडक निर्माण गर्नुपर्ने भए पनि त्यसलाई उद्योग, पर्यटन, कृषि र अन्य उत्पादनका क्षेत्रसँग जोड्नुपर्ने उनको सुझाव छ।

उनले सडक निर्माण, मर्मत र सम्भारमै देशको बजेट खर्चिने अवस्था अन्त्य गर्दै उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
यो पनि पढौँ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस