तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
शनिबार साँझ करिब ६:१० बजे आबुखैरेनी गाउँपालिका-४ डम्पिङस्थित भिरबाट खसेर चितवनको भरतपुर महानगरपालिका-६ चोकबजार बस्ने करिब १५ वर्षीय अंकित गुरुङ बेपत्ता भएका हुन्।
भरतपुरस्थित पारिजात माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत गुरुङ सोही विद्यालयको ना ४ ख ५२८५ नम्बरको बसमा भ्रमण सकेर फर्कँदै थिए। बाटोको छेउमा पिसाब फेर्न जाने क्रममा उनी भिरबाट करिब ५०-६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदिप सुबेदीको कमान्डमा १० जनाको टोली खटिएर खोजतलास गरिरहेको छ।
थप खोजतलास तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ।