ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो र नदी कटानले निसीखोला, गलकोटलगायत क्षेत्रमा पुर्याएको क्षतिको अवस्था बुझ्न शनिबार बागलुङ पुगेका मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रको संरक्षण र पुनःनिर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने बताए।
बागलुङमा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उनले बाढीपहिरोका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र जिल्लामा विद्युत् आपूर्ति अनियमित भएको गुनासो आएको उल्लेख गर्दै वितरण प्रणाली व्यवस्थित गर्न समन्वय भइरहेको जानकारी दिए।
विद्युत् प्रयोग बढेसँगै दुर्घटनाको जोखिम पनि बढेकाले विद्युतजन्य दुर्घटना न्यूनीकरण गर्न विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए।
नाङ्गा तार विस्थापन, विद्युत् तार भूमिगत गर्ने र जनचेतनामूलक कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उनले विद्युत् सुरक्षाका लागि आम नागरिक पनि सचेत हुनुपर्ने धारणा राखे।
अन्तरक्रियामा स्थानीयवासीले विद्युत् अनियमितता, नाङ्गा तार व्यवस्थापन, सिँचाइ तथा खानेपानी आयोजनामा भएको ढिलाइ र उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ध्यान दिन आग्रह गरेका थिए।
मन्त्री श्रेष्ठले सोमबार पश्चिम बागलुङका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।