बलात्कार सम्बन्धी मुद्दामा पीडकलाई धरौटीमा छाड्न जिल्ला अदालत मोरङले दिएको आदेशको बचाउमा जिल्लाबार एशोसियसन मोरङले विज्ञप्ति निकालेपछि मोरङ बार विवादमा तानिएको छ।
प्रदेश १ सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले समयमै रासायनिक मल आयात नगर्ने ठेकदार र विभागीय मन्त्रीलाई कार्वाही गर्न माग गरेका छन्।
युनाइटेड रियल लेदरले छालाका जुत्ता र चप्पलको उत्पादन बजारमा ल्याएको छ। युनाइटेडले पुरुष र महिलाका लागि छालाका जुत्ता र चप्पलको उत्पादन बजारमा ल्याएको हो।
विराटनगरस्थित कोसी अस्पतालमा सुसार कार्यक्रम सुरू गरिएको छ। बालमृत्युदर घटाउने सरकारको लक्ष्यलाई सघाउने उद्देश्यले गोल्डेन कम्युनिटीको सहयोगमा सुसार कार्यक्रम सुरू गरिएको हो।
मोरङको वुढीगंगामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिबार राती लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बुढीगंगा १ का कमलप्रसाद तावाहाङको मृत्यु भएको हो।
कोरोना संक्रमणबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ। विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत विराटनगर–९का एक पुरुषको आइतबार विहान मृत्यु भएको हो।