मोरङको वुढीगंगामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिबार राती लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बुढीगंगा १ का कमलप्रसाद तावाहाङको मृत्यु भएको हो।
शनिबार राती करिब १० बजे बुढीगंगास्थित कोसी राजमार्गमा पैदल हिंडिरहेका तावाहाङलाई मोटरसाईकलले ठक्कर दिएको थियो। मोटरसाईकलको ठक्करले गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटीगंगा स्थित विराट शिक्षण अस्पतालमा राती नै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। मृतक सशस्त्र प्रहरीका सहायक निरीक्षक हुन्।
पाँचथरमा कार्यरत उनी घर विदामा बुढीगंगा आएका थिए। मोटरसाईकल चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।