विराटनगरको ट्राफिक चोकबाट मोवाईल लुटेरर भाग्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–१४ का सतिस झा र श्रीप्रसाद महतो छन्। मोटरसाईकलमा सवार उनीहरूले विराटनगरको ट्राफिक चोकबाट मनोजकुमार गुप्ताले चालइरहेको ओपो कम्पनीको मोवाइल लुटेर भागेका थिए।
गत भदौ १८ गते गुप्ताको मोवाइल खोसेर भागेका उनीहरू मध्ये सतिस झालाई असोज ११ गते विराटनगर स्थित अस्पताल चोकबाट र श्रीप्रसाद महतोलाई असोज २२ गते विहान आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जानएको छ। पक्राउ परेका दुवैलाई चोरीमुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता मानबहादुर राईले जानकारी दिए।