विराटनगरस्थित कोसी अस्पतालमा सुसार कार्यक्रम सुरू गरिएको छ। बालमृत्युदर घटाउने सरकारको लक्ष्यलाई सघाउने उद्देश्यले गोल्डेन कम्युनिटीको सहयोगमा सुसार कार्यक्रम सुरू गरिएको हो।
सरकारले सन् २०३० सम्ममा प्रतिहजार जीवत जन्ममा नवजात शिशुको मृत्यु हुनेदर १२ र मृत शिशु जन्मनेदर प्रतिहजारमा १३ जनामा झार्ने लक्ष्य लिएको छ। शिशु मृत्युदर घटाउने सरकारको लक्ष्यलाई गोल्डेन कम्युनिटीको सहयोग गरेको कोसी अञ्चल अस्पतालका प्रबक्ता डा. लक्ष्मी नारायण यादवले बताए। यादवका अनुसार गत आर्थिक वर्ष कोसी अस्पतालबाट ८ हजार २ सय ५२ जनाले सुत्केरी सेवा प्राप्त गरेका थिए।
जसमध्ये गर्भवती भएको २२ हप्तादेखि जन्मेको ७ दिनभित्र मृत्यु हुने शिशुको संख्या १ सय १ जना रहेको छ। डा. यादवका अनुसार धेरैजसो गर्भ अवस्थामै शिशुको मृत्यु हुने गरेको छ। जन्मेपछि ७ जना नवजात शिशुको मृत्यु भएको यादवले बताए। कोसी अस्पतालमा गत वर्ष २ जना आमाको मृत्यु भएको छ।
सुसार कार्यक्रममार्फत अस्पतालको मातृ तथा नवजात शिशु स्याहार वार्डहरूको सुधार गरिने गोल्डेन कम्युनिटीकी सञ्चार विज्ञ सिर्जना शर्माले संस्थाका तर्फबाट भ्रुण अवस्थामा बच्चाको मुटुको धड्कन नाप्ने मोयो, जन्मिएको बच्चालाई स्वासप्रस्वासमा सहयोग पु¥याउने नियोनेटल, अप्राइन व्यागन, पेग्युइन सक्सनलगायतका उपकरणहरू अस्पताललाई सहयोग गरिएको जानकारी दिइन्। सुसार कार्यक्रममार्फत दुई वर्षसम्म विभिन्न प्राबिधिक सहयोग र उपकरणहरू अस्पताललाई उपलब्ध गराउने शर्माले जानकारी दिइन्।