प्रदेश १ सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले समयमै रासायनिक मल आयात नगर्ने ठेकदार र विभागीय मन्त्रीलाई कार्वाही गर्न माग गरेका छन्। शनिबार विराटनगरमा स्टार सहकारी संस्थाको साधारणसभामा मन्त्री कार्कीले मल नल्याउने ठेकदार र विभागीय मन्त्रीलाई कार्वाही गर्न माग गरेका हुन्।
उनले भने ‘समयमै मल आयात नगर्ने ठेकदार र विभागीय मन्त्रीलाई कार्वाही गर्न प्रधानमन्त्रीलाई आग्रह छ।’ कृषि प्रधान देश भनिए पनि किसानलाई समयमा मल दिन नसकेर शिर निहुर्याउनु परेको उनले बताए। ‘समयमै किसानलाई मल उपलब्ध गराउन प्रदेश सरकारले प्रयास गरेपनि मल आयातमा ढिलाईले मल दिन नसक्दा शिर निहुर्याउनु पर्ने अवस्था आयो’ कार्कीले भने। कोरोना महामारी नियन्त्रणका लागि मापदण्ड लागू गरेर २५ जना भन्दा बढी भेला हुन रोक लगाइए पनि एक वोरा मल किन्न किसानले हज्जारौंको भीडमा घण्टौं लाइन बस्नु परेको कार्कीले बताए।
कार्यक्रममा सहभागी किसानहरूले मल अभावको समस्या अन्त्य गर्न सरकारसँग माग गरेका थिए। सो अवसरमा गरिब तथा जेहेन्दार ११ जना विद्यार्थीलाई ओमप्रकाश गोयल स्मृति छात्रवृत्ति प्रदान गरिएको थियो। ७ हजार रुपैयाँ राशीको छात्रवृत्तिका लागि स्टार सहकारी संस्थामा विराटनगरका उद्योगी दिनबन्धु गोयलले दाजु ओमप्रकाश गोयलको स्मृतिमा वार्षिक ११ जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिन ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए।