हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन भएको छ। केही समयदेखि श्वासप्रश्वासबाट थलिएका कवि सापकोटाको बिहीबार राति निधन भएको हो।
विराटनगर–११ निवासी सापकोटा विशेष गरी हाँस्यव्यङ्ग्य विधामा कलम चलाउँथ्ये। सापकोटाका ‘हाईसञ्चो’ र ‘अलख निरञ्जन’ दुई वटा हाँस्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित छन्।
भाषाशास्त्री महानन्द सापकोटाका सुपुत्रका रुपमा वि.सं. १९९७ वैशाख १ गते धरानमा जन्मिएका सापकोटा २०१९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए। उनी २०४९ सालमा वरिष्ठ वन अधिकृत पदबाट सेवा निवृत्त भएका थिए। सरल भाषाशैलीमा तीखो व्यङ्ग्य गर्न खप्पीस सापकोटाका श्रीमती, एक छोरा र एक छोरी छन्। उनको शुक्रबार विराटनगर होटखोलास्थित घाटमा अन्त्येष्टि गरिएको छ।