कोशी प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गरेको छ। कार्यविधि स्वीकृत भएसँगै कोशी प्रदेशमा आयोजना बैंक स्थापनाको बाटो खुलेको हो।
आइतबारको प्रदेशसभा बैठकको शुन्य समयमा राप्रपाकी सांसद वजगाईंले राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केहि नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी थिइन् ।
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघ महिनाका लागि ३ अर्ब २४ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा ३ अर्ब ४३ करोड ४२ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।