कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले मिडियालाई अनावश्यक नियन्त्रण गर्ने पक्षमा सरकार नरहेको बताएका छन्।
बुधबार विराटनगरमा राससको ६४ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्।
प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चार सम्बन्धी विधेयकमा अभिव्यक्ति स्वतन्त्रता हनन हुने विषय नभएको उनले दाबी गरे। उनले भने ‘प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयमा अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने व्यवस्था कहीँ पनि छैन।’
मन्त्री भण्डारीले मिडियाको भूमिका आलोचनात्मक तर सकारात्मक हुनुपर्ने धारणा राखे। मिडियाले निराशा मात्रै देखाउने नभई समाजलाई सकारात्मक बाटोमा लैजाने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
प्रदेश सरकारले आमसञ्चार सम्बन्धी विधेयमा पत्रकार कल्याण कोषको पनि व्यवस्था गरेको मन्त्री भण्डारीले जानकारी दिए। उनले कोशी प्रदेशका पत्रकारहरूलाई कल्याणकोष मार्फत स्वास्थ्य बिमा र विभिन्न किसिमका सेवा, सुविधा उपलब्ध गर्ने व्यवस्था गर्न लागिएको जनाए।
कार्यक्रममा रासस कोशी प्रदेशका प्रमुख मो सदरुल, धरानकी पत्रकार सङ्गीता राई, झापाकी चन्द्रकला भण्डारीलाई नगदसहित पुरस्कृत गरिएको थियो।