कोशी प्रदेश सभामा राप्रपा सांसदले पूर्वराजालाई राजा भनेर सम्बोधन गरेपछि...
११ फागुन २०८१
•
१ मिनेट पाठ
कोशी प्रदेश सभामा राप्रपा सांसदले पूर्वराजालाई राजा भनेर सम्बोधन गरेपछि...
कोशी प्रदेशसभा बैठकमा राप्रपाकी सांसद सविना बजगाईंले प्रयोग गरेको राजा शब्द रेकर्डबाट हटाइएको छ । 




सांसद वजगाईंले राजा शब्द प्रयोग गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का सांसद गोम्बु शेर्पाले नियमापत्ति गरेपछि उक्त शब्द रेकर्डबाट हटाउन सभामुख अमम्बरबहादुर विष्टले रुलिङ गरेका हुन् ।

आइतबारको प्रदेशसभा बैठकको शुन्य समयमा राप्रपाकी सांसद वजगाईंले राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केहि नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी थिइन् । उनले विदेशबाट आएको डलरको भरमा यस्ता अभिव्यक्ति आएको र हिम्मत भए थुनेर देखाउन चुनौति समेत दिएकी थिइन् । 

बजगाईंले भनिन्, ‘राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केहि नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको विषयको भत्सना गर्दछु । विदेशबाट आएको डलरको भरमा यस्ता अभिव्यक्ति आएकाले  हिम्मत भए थुनेर देखाउनुस् ।’ 

सांसद बजगाईंले आफ्ना कुरा राखेपछि नेकपा (एमाले)का प्रमुख सचेतक विदुकुमार लिंथेप उठेपछि सभामुखले वोल्न समय दिएका थिए । प्रमुख सचेतक लिंथेपले राजाले वोलेको विषयमा डलर खानेहरू भनेर अप्रमाणित विषय सदनमा वोलेको भन्दै प्रमाण भए पेश गर्न नभए उक्त आरोप फिर्ता लिन चेतावनी दिए । उनले विदेशबाट आएको डलरका भरमा नेताहरूले अभिव्यक्ति दिएको आरोप प्रमाणित गर्न चुनौति दिएका थिए । 

त्यसपछि प्रदेशसभामा सांसदहरूवीच केहिबेर सवाल जवाफ चलेको थियो ।  सभामुख विष्टले सांसदहरूको सवालजवाफ सुनेपछि डलर खाएर नेताहरूले अभिव्यक्ति दिएको विषय प्रमाणित नभएको भन्दै उक्त शब्द पनि रेकर्डबाट हटाउन रुलिङ गरेका थिए । 
अर्को समाचार
कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल
०८ जेष्ठ २०८२
•
१ मिनेट पाठ
कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल
कोशी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबार छलफल भएको छ । 




कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ बमोजिम सुरु भएको उक्त छलफलमा कोशी प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, नारायणबहादुर मगर, सम्झना तामाङ थाम्साङ, मीना श्रेष्ठ, निर्मला लिम्बू, भीम पराजुली, मैया श्रेष्ठ, गोविन्द गिरी, डोल्मा तामाङ, कमला दर्नाल, रोहितबहादुर कार्की, नीरन राई, रामप्रसाद महतो, निमसरी राजवंशी, शोभा चेम्जोङ र गोपालबहादुर विश्वकर्माले आ–आफ्ना धारणा राखेका थिए । 

यसअघि प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण गरेर जनतालाई सेवा सुविधा दिनुपर्ने कुरामा जोड दिए । उनले भाषा आयोगले कोशी प्रदेशमा कामकाजका लागि सिफारिस गरेको मैथिली र लिम्बू भाषालाई कार्यान्वयमा लैजानुपर्ने भन्दै जनताको दैनिक जीवनमा अनुभूति हुने किसिमको बजेट ल्याउन सरकारलाई सुझाव दिए ।  

शून्य समय

शून्य समयमा मुलुकको समसामयिक विषयमा कोशी प्रदेशसभा सदस्यहरु भक्तिप्रसाद सिटौला, हिमाल कार्की र इस्राइल मञ्जुरीले विभिन्न समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए । कोशी प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस