नेकपा माओवादी केन्द्रले आगामी फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी, तराई–मधेस जनजागरण अभियान’ सञ्चालन गर्ने जनाएको छ।
माओवादी केन्द्र कोशी प्रदेश समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन १२ गते झापाको कचनकबलबाट अभियान सुरु गर्ने जानकारी दिएको हो।
अभियान हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन हुने माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए।
फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीमा उद्घाटन गरी अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय पदाधिकारीहरूले झापा, मोरङ र सुनसरीमा अन्तरक्रिया, भेटघाट र सभाको आयोजना गर्ने जनाइएको छ।
केन्द्रीय टोलीको बिदाइपछि फागुन महिना भरी हुलाकी राजमार्ग केन्द्रित प्रदेशस्तरीय अभियान संचालन गर्ने नेम्वाङले बताए।
अभियान अवधिमा कम्तीमा पाँच हजार अन्य पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने लक्ष्य रहेको माओवादीले जनाएको छ। अभियानमा २०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनर्मिलन गराउने योजना छ।
अभियानकै क्रममा किसानहरूका समस्याहरूलाई समाधान गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व र जनप्रतिनिधिहरूमार्फत कृषि मल, बिउ, प्रविधि, सिँचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण गर्ने माओवादी केन्द्रले जनाएको छ।