शिक्षा ऐन तत्काल बनाउन माग गर्दै विराटनगरमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । संसदको हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी गर्नुपर्नेलगायत विभिन्न मागसहित नाराबाजी गर्दै मोरङका शिक्षकहरूले प्रदर्शन गरेका हुन् ।
शुक्रबार विराटनगरस्थित बसपार्कबाट सुरू भएको र्याली जिल्ला शिक्षा समन्वय इकाई मोरङको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो । मुलुकमा संघीय शासन व्यवास्था लागू भएको एक दशक वित्न लाग्दा समेत नयाँ शिक्षा ऐन आउन नसक्नु दुःखद भएको शिक्षकहरूले बताए ।
नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलले विगतमा शिक्षकहरूको आन्दोलनपछि सरकारसँग भएका सहमति अझै सम्म पनि सम्बोधन नभएका कारण शिक्षकहरूका माग समेटेर तत्कालै शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले विराटनगरमा प्रदर्शन गरिएको जानकारी दिए । उनले अहिले पनि २०२८ सालमा जारी भएकै ऐन कार्यान्वयनमा रहेका कारण विद्यालय शिक्षामा देखिएका समस्याहरू समाधान हुन नसकेको स्पष्ट पारे ।
पोखरेलले भने, ‘मुलुम तीन तहको संघीय संरचनामा गइसक्दासमेत पुरानै ऐनबाट काम गर्नुपर्दा विद्यालय शिक्षामा धेरै समस्याहरू देखिएका छन् ।’ नयाँ ऐन जारी गर्न सरकारसँग बारम्बार माग गरे पनि कुनै सुनुवाई नभएपछि शिक्षकहरू आन्दोलित हुनु परेको पोखरेलले बताए ।
नेपाल शिक्षक महासंघ मोरङले आफ्ना विभिन्न मागसहितको ज्ञापनपत्र जिल्ला शिक्षा समन्वय इकाईको कार्यालय मोरङ्लाई समेत बुझाएको छ । महासंघले स्थानीय तहदेखि केन्द्रसम्म नै ज्ञापनपत्र बुझाउने सहितका कार्यक्रमहरू रहेको अध्यक्ष पोखरेलले बताए ।