कोशी प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गरेको छ। कार्यविधि स्वीकृत भएसँगै कोशी प्रदेशमा आयोजना बैंक स्थापनाको बाटो खुलेको हो।
कोशी प्रदेशमा आयोजना बैंक नहुँदा जथाभाबी आयोजनाहरू समावेश गरिने र आयोजनाहरूका लागि स्रोतसमेत सुनिश्चित नहुँदा नयाँ आयोजना सुरु गर्न तथा सञ्चालन गर्न समस्या हुने गरेको थियो।
आयोजना छनोट र सञ्चालनमा देखिएका विकृति हटाउन आयोजना बैंक स्थापना गर्ने तयारी गरिए पनि छिटो छिटो सरकार परिवर्तनका कारण आयोजना बैंक स्थापना हुन सकेको थिएन।
कार्यविधि स्वीकृत भएसँगै कोशी प्रदेशमा अब आयोजना छनोट गरी बजेटमा पेश गर्न सजिलो हुने कोशी प्रदेशका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए। अब, अनावश्यक रुपमा बाहिरबाट योजना ल्याउने र समावेश गर्ने प्रवृत्ति अन्त्य हुने मन्त्री भण्डारीको भनाई छ।
बैठकले सुरक्षा निकायको भवन निर्माणको बजेट बाँडफाँडसमेत गर्ने निर्णय गरेको छ। यसैगरी, सामाजिक विकास संस्था ऐन २०७५ लाई संशोधन गरी प्रदेश सभामा पेश गर्ने निर्णय समेत भएको छ।
यो प्रदेश सभामा पेश गर्नु अघि मन्त्रिपरिषद्को कानुन न्याय तथा मामिला समितिमा पेश गरिनेछ। मन्त्री भण्डारीले आर्थिक वर्ष ०८२/८३ का लागि प्रदेशमा कार्यान्वयन गरिने समपूरक र विशेष अनुदानको योजना वा कार्यक्रम राष्ट्रिय योजना आयोगले निर्धारण गरेको विद्युतीय प्रणालीमा समावेश गर्ने निर्णय पनि गरेको जानकारी दिए।