पोर्चुगललाई मिहिनेत र भाग्यको साथ
धेरैको सोचाइ विपरीत कमजोर ढंगमा प्रतियोगिता सुरुआत गरेको पोर्चुगल युरोपियन च्याम्पियनसिपको विजेता हुनु अपेक्षित थिएन। खासगरी फाइनलमा फ्रान्सजस्तो आक्रामक र प्रभावकारी टोलीसँग खेल्नुपर्ने भएपछि पोर्चुगलले जित्ने अपेक्षा कमैले गरेका थिए।