Tuesday 6 Shrawn, 2071 |
Menu

राजनीति

बिपी सानो देशको ठूलो नेता – वरिष्ठ नेता देउवा

काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइराला सानो देशको ठूलो नेता भएको बताएका छन्।
विस्तृतमा पढ्नुस्

चुरे जोगाउन पहल हुनुपर्ने नेपालको भनाइ

रौतहट - नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुरे क्षेत्रको उत्खननले मधेसको भू-भाग मरुभूमि हुने भन्दै मधेस बचाउन चुरे संरक्षणको लागि ध्यान दिनुपर्ने बताएका छन्।
विस्तृतमा पढ्नुस्

स्थानीय निर्वाचनका लागि गृहमन्त्रीको सुरक्षा निर्देशन

वीरगन्ज- गृहमन्त्री बामदेव गौतमले सुरक्षा अधिकारीलाई स्थानीय निकायको निर्वाचनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन्। मध्यमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री गौतमले स्थानीय निकायको चुनाव यसैवर्ष गरिने भएकाले आवश्यक तयारीको निर्देशन दिएका हुन्।
विस्तृतमा पढ्नुस्

वीपी विचार यात्रा सुरू हुँदै

विराटनगर -  वीपी कोइरालाको ३३ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसले सुरु गर्न लागेको ‘वीपी विचार यात्रा’ विराटनगरबाट आज सुरु हुँदैछ। जुट मिलको हड्ताली हाटमा काँग्रेसले आयोजना गरेको सभामा कार्यवाहक सभापति रामचन्द्र पौडेलले वीपी विचार यात्राको शुभारम्भ गर्दैछन्।
विस्तृतमा पढ्नुस्

राजनीतिक सभाबारे कार्ययोजना पारित

काठमाडौं- 'जनयुद्धको जगमा जनविद्रोह' कि 'एकीकृत सशस्त्र क्रान्ति' लाई कार्यदिशा मान्ने भन्ने विषयमा सहमति हुन नसक्दा नेकपा–माओवादीको केन्द्रीय समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ। पार्टी मुख्यालयमा बसेको तीनसाता लामो केन्द्रीय समिति बैठकले पार्टीको आगमी कार्यदिशाबारे निर्णय गर्न नसके पनि सर्वपक्षीय राजनीतिक…
विस्तृतमा पढ्नुस्

कांग्रेसमा नेतृत्व बहस: पौडेल–देउवा दाबेदार, दोस्रो तहका पनि आकांक्षी

काठमाडौं- कांग्रेस सभापति सुशील कोइरालाको स्वास्थ्यमा समस्या देखिएसँगै पार्टीभित्र नयाँ नेतृत्वको बहस सुरु भएको छ। कोइराला आगामी वर्ष हुने १३ औं महाधिवेशनमा स्वास्थ्यका कारण सभापतिका प्रत्याशी नबन्ने अड्कलसहित नेताहरु उनको उत्तराधिकारी बन्ने दाउमा सक्रिय हुने थालेका छन्।
विस्तृतमा पढ्नुस्

ओली सिंगापुर जाँदै

काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली उपचारका लागि मंगलबार सिंगापुर जाने भएका छन्। सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा संक्रमित दायाँ हातको उपचार गराउन उनी त्यसतर्फ जान लागेका हुन्।
विस्तृतमा पढ्नुस्

संघीय व्यवस्थापिका दुई सदनात्मक

काठमाडौं- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले तत्कालीन संवैधानिक समितिले गरेका सहमतिको स्वामित्व ग्रहण गर्दै मस्यौदा निर्माणका लागि संविधानसभा पठाउने निर्णय गरेको छ।
विस्तृतमा पढ्नुस्

उमेर नाघेकालाई दुईवर्षे राहदानी

काठमाडौं- सरकारले लामो समय विदेशमा रही नागरिकता बनाउन नभ्याएका १६ वर्ष नाघेका नेपालीलाई जन्मदर्ता प्रमाणपत्र तथा नाबालक परिचयपत्रका आधारमा दुई वर्षका लागि राहदनी दिने भएको छ।
विस्तृतमा पढ्नुस्

राष्ट्रसंघका उपमहासचिव नेपालमा

काठमाडौं– नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौसले, राष्ट्रपति रामवरण यादव, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र प्रधानसेनापति गौरवशमशेर राणासँग छुट्टाछुट्टै भेट गरेका छन्। सरकारको औपचारिक निमन्त्रणामा सोमबारै उनी काठमाडौं आइपुगेका…
विस्तृतमा पढ्नुस्

ओली उपचार गराउन भोलि सिंगापुर जाने

काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली उपचारका लागि मंगलबार सिंगापुर जाने भएका छन्। हात सुन्निएकोमा नघटेपछि उनी उपचारका सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल जान लागेका हुन्।
विस्तृतमा पढ्नुस्

साहनाको स्वास्थ्यमा सुधार, तर अझै अचेत

काठमाडौं– वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानको स्वास्थ्यमा सुधार आए पनि अझै चेत खुल्न सकेको छैन।
विस्तृतमा पढ्नुस्

मुलुकभरका अदालत १५ दिनलाई बन्द

काठमाडौं— वर्षभरि किनारा गरिएका मुद्दाहरुको आर्थिक वर्ष अनुसार लगत मिलाउन देशभर अदालतहरु पन्ध्र दिन दैनिक पेशीका मुद्दाहरु सुनुवाई बन्द गरेको छ।
विस्तृतमा पढ्नुस्

एमाओवादी निकट कानुन व्यवसायीको अध्यक्षमा श्रेष्ठ

काठमाडौं— एमाओवादी निकट कानुन व्यवसायीहरुको संस्था गणतान्त्रिक प्रगतीशील एशोसियसनमा रमण कुमार श्रेष्ठ निर्वाचित भएका छन्। नेपाल वारका पूर्व महासचिव श्रेष्ठ निर्विरोध अध्यक्षको रुपमा चयन भएका हुन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed