२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शान्तिपूर्ण वातावरणमा मतदान जारी, किरियापुत्रीले गरे मतदान

इलाम क्षेत्र २ का सबै सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। भयरहित वातावरणमा निर्वाचन गराउनका लागि सुरक्षाकर्मी परिचालनसमेत गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन्।

उनका अनुसार ७९ मतदानस्थल र एक सय ४९ वटै मतदान केन्द्रहरुमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन गरिएका छन्।

यसपटकको उपनिर्वाचनमा इलाम २ मा  ५६ हजार  आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार  आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।

किरियापुत्रीले गरे मतदान

इलाम क्षेत्र नं २ को इलाम नगरपािलका ५, बरबोटे केन्द्रमा किरियापुत्री कमल दुलालको परिवारले मतदान गरेका छन्। दुलालले आमाको काजकिरिया गरिरहेका छन्।

प्रकाशित: १५ वैशाख २०८१ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App