Tuesday 17 Bhadra, 2071 |
Menu

ब्लग

(0 votes)

कुरो अमेरिकी एनआरएनका

हरेक दुई बर्षमा दशैं ताका काठमाडौंमा विदेशीएका नेपालीको कुम्भमेला लाग्छ। गैर आवासीय नेपाली संघको नाममा हुने यो सम्मेलनताका नेपालमा लगानीका सानातिना हैनन ठूल्ठूला कुरा हुन्छन्। बालुवामा घर बनाए जसरी अनेकौ योजना बुनिन्छन्। अन्तिममा नेपालमा लगानीको वातावरण नभएको भन्दै माओवादी, नीति नियममा कैफियत देखाइन्छ। मन्त्री, सरकारी अधिकारीहरु के के न होला भन्दै सुधार गर्ने वचन पनि दिन्छन्।

विस्तृतमा पढ्नुस्
(0 votes)

फेसबुक सम्बाददाता

समाजमा तपाइँ कस्तो देखिइरहनुभएको छ, अथवा तपाईंको काम वा सेवाको मूल्यांकन कसरी भइरहेको छ ? त्यो जाँच्ने सजिलो उपाय छ– काँचको भित्तामा राखिएको ‘फेसबुक ऐना’ बेला–बेला हेर्ने गर्नुहोस्। जहाँ तपाईं, आफूले आफैंलाई छर्लङ्ग देख्नुहुन्छ। हेक्का राख्नुस्, बरु दैबले नदेख्ला र क्षमा देला तर एक हातमा अत्तर र अर्को हातमा तेजाब लिएका, अति शत्तिशाली, छद्मरुपी–सर्बव्यापी, कहिले सुन्दर कहिले भयंकर, निराहारी, सदा कम्प्युटरमा बास गर्नेवाला, सर्वज्ञाता, एक्काइसौं शताब्दिमा फेसबुक रूप धारणा गरी प्रकट भएका यी नवीनतम् आविष्कारसँग कसैको जोर चल्दैन। काम अनुसारको इनाम पक्का छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

नक्कली समाचार सक्कली समाचार

सन् १९३८ अक्टोबर ३० मा अमेरिकाको कोलम्बिया ब्रोडकास्टिङ सिस्टमले आफ्नो रेडियो स्टेसनबाट एउटा नाटक 'अन एअर' गर्‍यो। एच.जी. वेल्सले लेखेको उपन्यास 'दी वार अफ दी वर्ल्डस्' आधारित रहेर ओरसन वेल्सले निर्देशन गरेको नाटकले त्यहाँ अर्को 'नाटकीय मोड' पैदा गर्‍यो।

विस्तृतमा पढ्नुस्
(0 votes)

हिँड्यो लिबिया, पुगियो लाइबेरिया

लाइबेरिया- बेरोजगारीको संख्या ८५ प्रतिशत पारी छ। सुन र फलामका खानी, रवर प्लान्ट, प्लाम तेलका पूर्वाधार प्रारम्भ भए पनि आर्थिक क्षेत्रले अझै मुन्टो उठाउन सकेको छैन।
विस्तृतमा पढ्नुस्
(0 votes)

डायस्पोराको कामचलाउ पत्रकारिता

नेपालबाहिर नेपालीले गरिरहेको पत्रकारितालाई के भन्ने? अल्पकालीन, आंशिक(पार्टटाइम), स्वयंसेवा, कि आत्मरति? एउटा औपचारिक छलफलका सहभागीको अनुभव र तर्कको सार थियो– यो हो कामचलाउ पत्रकारिता।
विस्तृतमा पढ्नुस्
(0 votes)

खेलमा देखाउनु पर्छ

यस पटक ढाकामा ५ दिनको बसाईपछि उत्तरतर्फ लागियो, विश्व ट्वान्टी–२० मा नेपालले खेल्ने समूह चरणका खेल आयोजना स्थल चित्तागोङ शहर। पछिल्लो पटक बंगलादेश आउँदा सिधैं पश्चिम–दक्षिणी शहर सिलेट गएको थिएँ, जहाँ नेपाली क्रिकेटले धेरै सिकेको थियो। सम्भवत यही सिकाई नेपाललाई अहिले फेरी बंगलादेशमा सवैभन्दा ठुलो मेलामा ल्याउन ठुलो भुमिका खेलेको छ।


विस्तृतमा पढ्नुस्
(1 Vote)

दिलशोभाको खबरले दुखाएको दिल

बुधबार जिल्ला प्रशासन कार्यालय, केन्द्रीय बाल कल्याण समिति र प्रहरीको संयुक्त अनुगमन समितिले 'आमाघर'मा भएका बालबालिका उद्धार गर्‍यो। आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठको गतिविधिलाई शंकास्पद मान्दै अनुसन्धानको दायरामा ल्याएको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो भाइरल झै फैलियो। स्वभाविकरुपमा सार्वजनिक चासोको विषय बन्यो उनीमाथि लागेका आरोप। ताता बहस सुरु भए पक्ष, विपक्षमा। सोसल मिडियामामा बहसको विषय हुनु स्वभाविक पनि थियो।
विस्तृतमा पढ्नुस्
(0 votes)

समयसीमा भेट्टाउने चुनौती

देशमा हरेक राजनीतिक परिर्वतनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेस दोस्रो संविधानसभा निर्वाचनबाट फेरि पुरानो भूमिकामा पुगेको छ। 'पहिलो पार्टी बनाए एक वर्षभित्र संविधान जारी गर्ने' प्रतिबद्धतासहित जनतामाझ गएको कांग्रेसलाई जनताले विश्वास गरे।
विस्तृतमा पढ्नुस्
(1 Vote)

सुध्रिए ट्राफिक प्रहरी, सुध्रिएनौं हामी (अडियो-भिडियो)

सोमबार विहान राजधानीको केशरमहल। चेकिङमा रहेका ६ जना ट्राफिक प्रहरी सवारी चालकको गतिविधि हेर्दै गल्ती गर्नेलाई घेराउमा पार्दै थिए। हेर्दा हेर्दै सडक नियम पालन नगर्नेहरुको संख्या त्यहाँ थपिँदै थियो। सानो चौघेरा बनाएका ट्राफिकको जालमा मोटरसाइकल, ट्याक्सी र स्कुटर चालकहरु पर्दै थिए। 

विस्तृतमा पढ्नुस्
(0 votes)

मोबाइल फर्काउँदै भनिन् – 'जतन गरेर राख्नु'

'आशा गरौं दाइ हराएकै मोबाइल फिर्ता पाइन्छ। इमान मै टाट पल्टिएको देश त होइन यो।' बुधबार बिहान मोबाइल फोन हराएको खबर फेसबुकमा पोस्ट गरेलगत्तै साथी किशोर दाहालले दिएको कमेन्टले केही राहत दिए पनि दिनभर पटक पटक डालय गर्दा पनि फोन उठेन। भेटाइन्छ कि भन्ने झिनो आशा हराउँदै गयो। ७ वर्ष पुरानो सीमकार्ड र ३ वर्ष पुरानो मोवाइल सेटको  बजार  मूल्यभन्दा पनि त्यो सँग जोडिएका मेरा यादहरु अमूल्य थिए।
विस्तृतमा पढ्नुस्
(0 votes)

जन्तीको ज्यादती

विहेको लगन भएको दिन हिजो शुक्रबार (मंसिर १४, २०७०) दिनको ११ बजे। हुमानथान देखि थापागाउँ पुग्ने रोड। ब्यान्ड बाजासहित रंगिन पहिरनमा जन्तीहरु नाच्दै थापागाउ तिर नाच्दै पाइला सारिरहेका थिए।

विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed