दुई पुलिस विजेता
२२ चैत्र २०७०
•
६ मिनेट पाठ
दुई पुलिस विजेता
काठमाडौं– साविक विजेता नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय लिग भलिबलको उपाधि रक्षा गरेको छ। शनिबार पुलिस त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई १८–२५, २५–१८, २५–१४, २५–१९ ले हराउँदै च्याम्पियन भएको हो।महिलामा एपिएफ क्लब च्याम्पियन भएको हो। महिलामा तेस्रो स्थानका लागि खेल्दा पुलिसले पश्चिमाञ्चललाई प्रतिस्पर्धात्मक खेलमा १४–२५, २५–१०, १५–२५, २५–२१, १५–११ ले हरायो। 
शनिबार एपिएफविरुद्ध पुलिसले २ सेट जिते उपाधि जित्ने पक्का हुने स्थिति थियो। लगातार दुई सेट जितेपछि पुलिसका खेलाडी र अफिसियलले खेल नसकिँदै खुसी साटे। एपिएफले सुरुआतमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेट आफ्नो पक्षमा पार्योि। 
प्रदर्शन राम्रो हुँदा खेलाडी नभर्स देखिएपछि एपिएफले दोस्रो सेटदेखि लय गुमाउँदै गयो। टिम समन्वय, ब्लक र स्पाइकमा एपिएफले वास्तविक प्रदर्शन गर्न नसकेपछि पुलिसले लगातार तीन सेट जित्दै लिग टुंग्याउने अवसर पायो। 
एपिएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले राम्रो खेल्दाखेल्दै खेलाडीमा आत्मबल कमजोर हुँदा हार्नुपरेको बताए। उनले भने, 'नयाँ खेलाडी भएर होला उनीहरू नर्भस भए। हामीले सुरुआत राम्रो गरेका हौं। हाम्रो स्तर पहिलो सेटमा खेलेजस्तै हो। पछि आफै दबाबमा आयौं। व्यक्तिगत सबैले राम्रो खेल्न प्रयास गरे। टिममा नेतृत्व गर्ने खेलाडी नहुँदा अली अप्ठेरो पर्यो ।'
मुख्य खेलाडी सुनील श्रेष्ठ र कैलाशदत्त भट्टको अनुपस्थितिले प्रदर्शनमा असर परेको उनको तर्क थियो। गत वर्षको लिगमा सर्वोत्कृष्ट खेलाडी भएका कैलाश शान्तिसेनामा गएका छन् भने सुनीलले लिगको सुरुआतमै खुट्टामा चोट बोकेका थिए।
पुलिसका प्रशिक्षक सुदेशकुमार रिमालले विपक्षीको ब्लक र एट्याकिङ कमजोर देखिँदा खेल जित्न सहज भएको बताए। उनले भने, 'पहिलो सेटमा हाम्रो डिफेन्स बिग्रियो। पछि हामीले सुधार गर्यौं । पहिलो सेट प्लेसिङ एट्याकिङ खेल्दा बिग्रिएको थियो।' यस वर्ष पुलिसले इम रानाको कप्तानीमा राष्ट्रिय लिग र नवलपरासीमा २८औं राष्ट्रिय भलिबलको उपाधि जितेको थियो।
पुलिसका सञ्जय अर्याल र एपिएफकी सरस्वती चौधरी राष्ट्रिय लिगको सर्वोत्कृष्ट खेलाडी भए। दुवैले समान १५ हजार रुपैयाँ पाए। गत वर्ष कैलाश भट्ट र रमिला तण्डुकार यो उपाधि जितेका थिए। पुलिसका कप्तान इम राना उत्कृष्ट सेटर, सर्भरमा पश्चिमाञ्चलका अमृत क्षेत्री, डिफेन्समा त्रिभुवन आर्मीका उमाकान्त केसी, ब्लकरमा एपिएफका महेन्द्र श्रेष्ठ, स्पाइकमा एपिएफका मिलन मल्ल उत्कृष्ट भए। महिलातर्फ एपिएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, पुलिसकी चूडा खड्का उत्कृष्ट सर्भर, पश्चिमाञ्चलकी मनीषा चौधरी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकी रमिला उत्कृष्ट स्पाइकर र डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट रक्षकबाट पुरस्कृत भए। दुवैका उत्कृष्टले जनही ५ हजार पाए।
सञ्जयले लिगको सर्वोत्कृष्ट खेलाडी हुन पाउने गर्विलो क्षण भएको बताए। उनले भने, 'ढाडको समस्या कारण राम्रो तयारी गर्न सकेको थिइनँ। अनुभवका कारण टिमलाई सहयोग गर्ने कोशिस गरेको थिएँ। यसपल्ट स्पाइकभन्दा ब्लकमा राम्रो गर्ने कोशिस गरंे। जुन टिमलाई लिग जित्न सहयोगी बन्यो जस्तो लाग्छ।'
पाँच उपाधि जितेको एपिएफ महिला टोली २०७० सालको सर्वाधिक सफल टोली बन्यो। नीमा श्रेष्ठको कप्तानीमा एपिएफले खेलेको ७ राष्ट्रिय प्रतियोगितामध्ये पोखरा, पर्वतमा भएको खुला राष्ट्रिय भलिबल, विभागले आयोजना गरेको आइजिपी कप र नवौं ढोरपाटन डबल लिग भलिबल जितेको थियो।
राष्ट्रिय लिगको दोस्रो संस्करणको पुरुषतर्फ पश्चिमाञ्चल दोस्रो र एपिएफ तेस्रो भए। महिलामा साविक विजेता न्यु डायमन्ड एकेडेमी दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भए। लिग च्याम्पियन दुवै टोलीले १ लाख ५० हजार, उपविजेताले ७५ हजार र तेस्रोले ४० हजार रुपैयाँ पुरस्कार पाए। विजयी टोलीलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले पुरस्कृत गरे।


अर्को समाचार
अपराजित रहँदै पुलिस लिग विजेता
०५ असार २०६७
•
५ मिनेट पाठ
अपराजित रहँदै पुलिस लिग विजेता
काठमाडौं, असार ५ (नागरिक)- खेल मिलेमतोको छायाँमा परेको सहिद स्मारक ए डिभिजन लिग शनिबार टुँगिँदा नेपाल पुलिस क्लबले अपराजित रहँदै उपाधि उचालेको छ। दोहोरो लिगप्रणाली अपराजित रही विजेता बन्ने पुलिस पहिलो क्लब हो।




अन्तिम खेलअघि नै च्याम्पियन बनिसकेको पुलिसले शनिबार न्युरोड टिम (एनआरटी) लाई २-१ ले हरायो। विराटकृष्ण श्रेष्ठको प्रशिक्षकत्वमा पुलिसको यो लगातार दोस्रो लिग उपाधि हो। पुलिसले २०६० देखि लिग खेलेको हो। पहिलो पटक उपाधि जित्दा पनि पुलिस अपराजित नै थियो।

खेलमा सधैं आक्रमक रहनु, फूर्तिला खेलाडीको कडा मेहनतले नै लगातार दोस्रो पटक लिग जितेको प्रशिक्षक श्रेष्ठले बताए। ‘धेरै खेलाडी चोटग्रस्त हुँदा हामीले लिगअघि दबाबमा थियौं। सुरुमा हाम्रो प्रदर्शन पनि राम्रो भएन,' श्रेष्ठले भने, ‘तथापि हामीले सुखद नतिजा ल्याइरह्यौं। जितको आधार त्यही हो।'

अबको लक्ष्य एएफसी प्रेसिडेन्ट्स कप जित्नु भएको उनले बताए। ‘सबैभन्दा ठूला लिगलगायत देशका सबै उपाधि जितिसक्यौं,' उनले थपे, ‘अब हामी प्रेसिडेन्ट्स कप जित्न चाहन्छौं। एक पटक फाइनल पुगिसकेकाले पनि हामी जित्न सक्छौं भन्ने मलाई विश्वास छ।'

पुलिस टिम कहिलेसम्म सम्हाल्ने भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मैले त पहिला छोडिसकेको हो। पुलिसले नमानेकाले पनि पुनः हेरे। अब कम्तीमा प्रेसिडेन्ट्स कपसम्म पक्कै हेर्छु।' पुलिसले सन् २०११ को प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गर्नेछ। उनकै नेतृत्वमा पुलिसले लगातार तीन पटक प्रेसिडेन्ट्स कप खेलेको थियो।

त्यसअघि एनआईविएल फ्रेन्ड्स क्लबमाथि ३-२ को विजयका साथ नबिल थ्री स्टार क्लबले लिगमा दोस्रो स्थान पायो। एनआरटीले तेस्रोमा रह्यो।

पुलिसको जितमा दुवै गोल जुमानु राईले गरे। एनआरटीका लागि रञ्जित श्रेष्ठले गोल फर्काए। जुमानुले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। पर्वत पाण्डेको कर्नरमा उनले होड गोल गरे।

त्यसअघि जुमानुले २१औं मिनेटमा गोलको खाता खोले। तीन रक्षक र गोलरक्षक सुरेन्द्र श्रेष्ठलाई समेत छलाउँदै जुमानुले गोल गरे। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको एनआरटीका लागि रञ्जितले ६५औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट फस्ट बारमा गोल गरे।

सन्तोष साहुखलबिनाको थ्री स्टारलाई जित दिलाउन निशान राईले दुई र विजय गुरुङले एक गोल गरे। सन्तोषले दोहोरो पहेँलोको कार्डका कारण अन्तिम खेल गुमाए। फ्रेन्ड्सबाट नीराजन खड्का र भरत खवासले गोल गरे। फ्रेन्ड्स आठौं स्थान रह्यो।

विजेता र उपविजेता टोलीका खेलाडीलाई सभासद् राजेन्द्र खेतान, नेपाल प्रहारीका महानिरीक्षक रमेश चन्द ठकुरी, अखिल नेपाल फुटबल संघ (एन्फा) सल्लाहकार शेखर गोच्छालगायतले पुरस्कृत गरे।

माघ २९ देखि प्रारम्भ लिगमा १२ टोली सहभागी थिए। त्यसमा संकटा र ब्वाइज युनियन क्लब रेलिगेसनमा परे।

झन्डै पाँच महिना चलेको लिगको दोस्रो चरण खेलमिलेमतोको छायाँमा पर्दा पनि एन्फा मुकदर्शक बनिरह्यो। लिगकै पोजिसनका आधारमा उत्कृष्ट खेलाडी छनोटसमेत विवादमुक्त रहन सकेन। अन्तिम खेलमा एपिएफसँग ८-० ले पराजित मच्छिन्द्रका कप्तान रोहित चन्द उत्कृष्ट डिफेन्डर चुनिँदा धेरै आश्चर्यमा परे।

 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
दुई पुलिस च्याम्पियन
दुई पुलिस च्याम्पियन
कमल खत्री कमल खत्री • · ०१ कार्तिक २०७१ · ८ मिनेट पाठ
दुवै पुलिस उकालो चढ्दै
नागरिक नागरिक • · २७ मंसिर २०६९ · ८ मिनेट पाठ
साविक विजेता मनाङ पराजित
नागरिक नागरिक • · ०४ चैत्र २०७० · १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस