बारा-साविक विजेता लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब सिमरामा जारी पाँचौ सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ।सिमरा रंगशालामा मंगलवार भएको खेलमा मनाङलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलको १६ औ मिनेटमा मनाङका निराजन मल्लले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। मनाङको अग्रतालाई पुलिस क्लबका गणेश खड्काले ३० औं मिनेटमा खेललाई बराबरीमा पुर्यारएका थिए। पुलिसका लागि दोश्रो गोल ५८औ मिनेटमा भरत शाहले गोल गर्दै खेललाई २-१ मा पुर्याए। निर्धरित समयमा कुनै पनि टिमले थप गोल गर्न नसक्दा पुलिसले सेमेफाइनलमा स्थान बनाएको हो।