काठमाडौं– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले एनसेल कप फुटबलको क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। एक खेलअगावै क्वार्टरफाइनलमा पुगिसकेको मनाङले शनिबार दशरथ रंगशालामा सिमि्रक सरस्वती युथ क्लबलाई ४–० ले पराजित गर्यो। अर्को खेलमा लक्ष्मी बैंक थ्री स्टारले नेपाल पुलिस क्लबमाथि ३–१ को विजय पाएको थियो। थ्री स्टारले पनि अघिल्लो खेलबाटै अघिल्लो चरण सुरक्षित गरेको थियो। थ्री स्टारले क्वार्टरफाइनलमा ब्वाइज युनियनसँग खेल्नेछ।
मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले सुरुआतमा गोल नभएपछि टोलीले दबाब सामना गर्नुपरेको बताए। लिग फुटबलसम्म टोली सम्हाल्ने श्रेष्ठले भने, 'सुरुआतको २५ मिनेट गोल गर्न नसकेपछि दबाब बढेको हो। गोल भएपछि खेलमा नियन्त्रण लिन सजिलो भयो।' श्रेष्ठले टोलीका मुख्य खेलाडी कप्तान सागर थापा र सुजल श्रेष्ठको अभाव देखिएको बताए। सुजल घरायशी कारण र सागर घाइते भएका कारण मैदान उत्रिएनन्। प्रशिक्षक श्रेष्ठका अनुसार सागर अर्को खेलमा फर्कने सम्भावना छ।
उपाधि रक्षाको दौडमा अगाडि बढिरहेको मनाङले ४१औं मिनेटमा अग्रता लिएको थियो। सरस्वतीका रक्षक सञ्जिव बुढाथोकीले क्लियर गर्न नसकेको बेला मनाङका विशाल राईले पोस्ट नजिकैबाट हेड गोल गर्दै मनाङलाई अग्रता दिलाए। रुपेश केसीको कर्नरमा अनिल गुरुङले डाइभिङ हेड गोल गर्दै ५१औं मिनेटमा मनाङको अग्रता दोब्बर पारेका थिए। सरस्वतीलाई दबाबमा राखेको मनाङका लागि तेस्रो गोल योना एलियसले ६७औं मिनेटमा गोल गरे। विशाल राईको क्रसमा योनाले गोल गरेका हुन्। इन्जुरी टाइमको तेस्रो मिनेटमा योनाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि मनाङले खेलमा ४–० ले अग्रता बनाएको थियो। उनले उक्त गोल गर्दा पोस्ट नजिकै विशाल राईले दिएको पास उपयोग गरेका थिए।
सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले मिडफिल्ड र स्ट्राइकरको समन्वय मिल्न नसक्दा टोलीको प्रदर्शन राम्रो हुन नसकेको बताए। उनले भने, 'तयारी राम्रो नहुँदा टिमको समन्वय मिल्न सकेको छैन। यस प्रतियोगिताले लिग तयारीमा सहयोग गर्ने विश्वास छ। लिगका लागि टोलीमा अझै धेरै सुधार आवश्यक देखिन्छ।'
शनिबारै पहिलो खेलमा जगजित श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि थ्री स्टार विभागीय प्रतिद्वन्द्वी पुलिस हराउन सफल भयो। पराजित भए पनि पुलिस क्वार्टरफाइनलमा पुग्यो। ३६औं मिनेटमा थ्री स्टार जगजितले फ्रिकिकबाट गोल गरेका थिए। करिब २० यार्ड जगजितले प्रहार गरेको बल सोझै गोलमा परिणत भएपछि थ्री स्टारले अग्रता लिएको हो। ६७औं मिनेटमा जुमानु राईको क्रसलाई ट्याप गर्दै युगलकिशोर राईले पूर्वक्लबविरुद्ध गोल गरेर खेल १–१ को बराबरीमा ल्याएका थिए।
शनिबार उत्कृष्ट लयमा देखिएका जगजित पासमा थ्री स्टारले खेलमा पुनः अग्रता लिन सफल भयो। ७९औं मिनेटमा सन्तोष साहुखलले जगजितको पासमा गोल गरेका थिए। सन्तोषले नै गोल गर्दै ८३औं मिनेटमा थ्री स्टारको अग्रता दोब्बर पारे। मिडफिल्डर विक्रम लामाले दिएको पासमा सन्तोषले गोल गरेका हुन्।
थ्रीस्टारका प्रशिक्षक अन्जन केसीले टोलीको हरेक खेलमा सुधार भइरहेको बताए। उनले भने, 'हामीले हरेक खेलमा सुधार गरिरहेका छौं। आगामी खेलमा अझ सुधार गर्नेछौं।'
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले रक्षापंक्ति फितलो भएका कारण हार बेहोर्नुपरेको बताए। उनले भने, 'आज हाम्रो खेलमा मार्किङ राम्रो भएन। रक्षकले राम्रो खेल्न सकेनन्। थ्री स्टार राम्रो टिम हो। रक्षापंक्ति बलियो नभएपछि खेलमा अप्ठेरो परेको हो।' आइतबार कुनै खेल छैन।