काठमाडौं– तीनपटकको विजेता नेपाल पुलिस क्लब कम्तीमा २४ घन्टालाई सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। सिमि्रक सरस्वती क्लबलाई मंगलबार १–० ले हराएसँगै पुलिस १४ अंकसाथ अग्रस्थानमा पुगेको हो।
अर्को खेलमा सिएमजी क्लब संकटाले एनआइबिएल फ्रेन्ड्ससँग १–१ को बराबरी खेलेको छ। बराबरीपछि फ्रेन्ड्स (११) छैटौं र संकटा (१०) आठौं स्थानमा छन्। फ्रेन्ड्ससँग समान अंक भए पनि गोलअन्तरमा यती हिमालयन शेर्पा सातौं स्थानमा छ।
पुलिस पहिलो स्थानमा पुग्दा समान १३ अंक बटुलेका लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, लक्ष्मी बैंक थ्री स्टार र एपिएफ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा झरेका छन्। बुधबार एपिएफले त्रिभुवन आर्मी र मनाङले जावलाखेललाई हराए दुवैले पुलिसलाई उछिन्ने छन्। शीर्ष चारमध्ये तीन टोलीले ७ खेल खेल्दा मनाङले एक खेल कम खेलेको छ।
सरस्वतीलाई हराउन पुलिसले कठिन संघर्ष गर्नुपर्यो। कप्तान जुमानु राईले ३९औं मिनेटमा पेनाल्टी गोलमार्फत दिलाएको अग्रता जोगाउँदै पुलिसले जित पक्का पार्यो। गणेश खड्कालाई सुरेन्द्र थापाले पेनाल्टी बक्समा लडाएपछि रेफ्री विकास महतले पुलिसलाई पेनाल्टी दिए। पेनाल्टी निर्णय विवादरहित रहेन। सरस्वतीका खेलाडीले पेनाल्टी नभएको अपिल गरेका थिए।
टंकु लामाको दुईटा आक्रमण गोलपोस्टमा लागेर फर्कनु सरस्वतीका लागि दुर्भाग्य बन्यो। टंकुले ४७औं मिनेटमा गरेको प्रहार क्रसबार र ७०औं मिनेटमा गरेको प्रहार पोलमा लागेर फर्केको थियो।
अग्रता लिनुअघि पुलिसले पनि राम्रो अवसर पाएको हो। त्यसलाई सरस्वतीका गोलकिपर अशोक बरालले सफल हुन दिएनन्। ३०औं मिनेटमा वान भर्सेस वानमा जुमानुले अघि बढाएको बल रोकेका अशोकले रिबाउन्डमा दिपेन श्रेष्ठको प्रहार पनि पन्च गर्दै जोगाए।
दबाबका कारण पुलिसका प्रदर्शन कमजोर रहेको प्रशिक्षक विराटकृष्ण श्रेष्ठले स्वीकारे। '७ खेलाडीको १–१ पहेँलो कार्ड थियो। त्यसले गर्दा कार्डबाट जोगिनुपर्ने अवस्था। अर्कोतिर शीर्ष ६ भित्र पर्न जित्नैपर्ने दबाब,' उनले भने, 'त्यस माथि पहिलो रोजाइका खेलाडी कम छन्। यी सबै कारणले दबाबमा पर्यौं। एग्रेसिभ खेल्न सकेनौं।' कार्डबाट जोगिने प्रयास गरे पनि रक्षक सुरज बिक र मिडफिल्डर रमेश कटुवालले अब थ्री स्टारविरुद्धको खेल गुमाउने छन्। दुई पहेँलो कार्ड पाएको खेलाडीले त्यसपछिको एक खेल खेल्न पाउने छैन। रमेश र सुरजले यसअघि नै पहेँलो कार्ड पाइसकेका थिए।
एक मिनेटको फरकमा दुवै टोलीले विपक्षी पोस्टमा गोल गरेपछि संकटा र फ्रेन्ड्सले बराबरीमा चित्त बुझाए। जारी लिगमा संकटा सबैभन्दा बढी बराबरी खेल्ने टोली हो। संकटाले ४ र आर्मीले ३ खेलमा बराबरी खेलेका छन्। फ्रेन्ड्सले पछिल्लोसहित दुई खेलमा अंक बाँडेको छ।
६७औं मिनेटमा वर्षात गुरुङले झन्डै २५ यार्डबाट दर्शनीय गोल गर्दै संकटालाई अग्रता दिलाए। उनको प्रहार रोक्ने विपक्षी गोलकिपर अजित प्रजापतिको प्रयास सफल भएन। संकटाले गोलको खुसी मनाएको मिनेट बित्न नपाउँदै फ्रेन्ड्सले गोल फर्कायो। राजु आलेमगरले दुई रक्षक कटाएर निकालेको पासमा मार्टिन्स कायोडेले नजिकबाट गोल गरेका थिए।
संकटाका प्रशिक्षक राजुकाजी शाक्यले गोलकिपरको कमजोरीमा गोल खानुपरेको बताए। 'सिक्स यार्ड बक्समा बाउन्स भएको बलमा गोलकिपर पिएरी हार्भे कमजोर छन्। अलि अगाडि बढ्दा क्लियर हुने बलमा उनी निस्किएनन्,' उनले भने, 'गोलकिपरको कमजोरीमै प्रहार गरेर फ्रेन्ड्सले बराबरी गर्यो।' त्यसअघि ५५औं मिनेटमा भिक्टोर ओमीको प्रहार पियरीले रोकेका थिए। संकटाले पनि थप गोलका केही अवसर चुकायो।
फ्रेन्ड्सका प्रशिक्षक मेघराज केसीको नजरमा संकटा हराउन कठिन टोली हो। 'संकटाको रक्षापंक्ति र गोलकिपर राम्रो छ,' उनको थपे, 'ओलावाले अफिज आएपछि अग्रपंक्ति पनि राम्रो भएको छ।'
लिगका झन्डै आधा खेल सकिँदा रेफ्रीहरू लगातार आलोचित भइरहेका छन्। रेफ्रीको आलोचना गर्नेमा मंगलबार सरस्वतीका प्रशिक्षक अशोक केसी थपिए। 'रेफ्रीको निर्णय चित्तबुझ्दो भइरहेको छैन। उनीहरूलाई रिफ्रेसर कोर्सको आवश्यकता देखिन्छ,' उनले गुनासो गरे, 'रेफ्रीको स्टामिना छैन, भिजन कमजोर छ, कहिले सिटी मैदानमा खसाउँछन्। कहिले अनावश्यक सिटी बजाउँछन्। रेफ्री र सहायक रेफ्रीमा तालमेल देखिन्न। लास्टम्यान र बलमा ध्यान दिनुपर्ने रेफ्रीहरू खेलमा भुलिन्छन्। यसरी सही निर्णय हुन सक्दैन।' रेफ्रीबारे आफूले उजुरी नदिने जनाउँदै केसीले भने, 'मेरो काम आफूले देखेको बताउने हो। उजुरी दिने व्यवस्थापनको काम हो।' लगातार गल्ती गरेकाले भन्दै केसीले रेफ्रीलाई अध्ययनका लागि पनि सुझाए। लगातारको तीन हारले आउने खेलमा बढी जिम्मेवारी थपिएको उनले बताए।
लिगमा मंगलबार
एपिएफविरुद्ध आर्मी
जावलाखेलविरुद्ध मनाङ